बचत रकम फिर्ता माग गर्दै सहकारी पीडितको रिले अन्सन सुरू

बचत रकम फिर्ता माग गर्दै सहकारी पीडितको रिले अन्सन सुरू
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीको रकम अपचलन गर्नेहरूलाई कारबाही माग गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको आरोप लगाए।

उनीहरूले आजदेखि माइतीघरमा नै रिले अन्सन सुरू गरेका छन्। सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए। 

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्तरूपमा अगाडि बढाउने उनले बताए। उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने उल्लेख गरे। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.