बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ
![बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
तानसेन : बोक्सीको आरोपमा महिलालाई कुटेको आरोपमा युवक पक्राउ परेका छन्। बगनासकाली गाउँपालिका-९ का २९ वर्षीय पदम बस्याललाई बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
भैँसी बिरामी भएको भन्दै झारफुक गर्न बस्याल समक्ष पुगेकी ती महिलालाई गएको जेठ ६ गते बोक्सीको आरोप लगाई बस्यालले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएकी ती महिलाले बोक्सी आरोप कसुर अन्तर्गत कारबाही गरी पाउँ भनि प्रहरीमा निवेदन दिएपछि प्रहरीले बस्याललाई पक्राउ गरेको हो।
प्रहरीले बस्याललाई जेठ ९ गते बुधबार पक्राउ गरेको हो। घाइते महिलालाई छिमेकी आएर उद्धार गरेका थिए। उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस्यालले विगत समयदेखि नै गाउँमा झारफुक गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)