एमाले-माओवादी गठबन्धन ८४ को निर्वाचनसम्मै जान्छ : महासचिव पोखरेल

एमाले-माओवादी गठबन्धन ८४ को निर्वाचनसम्मै जान्छ : महासचिव पोखरेल
सुन्नुहोस्

तानसेन : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजाने गरी सहकार्य गरिएको बताएका छन्। कांग्रेस नेतृत्वको गठबन्धले मुलुकलाई बर्बादीतर्फ लगेकाले एमालेले सबै कुरा छोडेर नयाँ समीकरण निर्माण गरेको उनले बताए।

नेकपा एमाले पाल्पाको १०औं जिल्ला अधिवेशनमा उनले भने, 'अहिले एमाले प्रधानमन्त्री पनि मागेको छैन। महत्वपूर्ण मन्त्रालयमा पनि दाबी गरेको छैन। ठूला ठूला पदहरू छोडेर सत्तामामात्रै बसेको छ भन्ने लागेको छ होला। तर, एमाले मिशन गठबन्धन भत्काउने र ८४ मा एकल बहुमतको सरकार बनाउने रहेको छ।'

उनले देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा एमालेसँग बलियो दुरदर्शी नेतृत्व भएकाले आगामी ८४ का लागि एमाले सोही तयारीका साथ अगाडि बढेको बताए। ठूला पार्टीका नेता तथा कार्यकर्ताहरू जनतामाझ आफ्ना नीति, कार्यक्रम र योजना लिएर नजाँदा अहिले अराजकताको भीडमा जनता जान बाध्य भएको एमाले महासचिव पोखरेलले बताए।  छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.