पर्सामा चक्कु प्रहार गरी एक जनाको हत्या

पर्सामा चक्कु प्रहार गरी एक जनाको हत्या
सुन्नुहोस्

वीरगन्ज : पर्सामा चक्कु प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। सखुवा प्रसौनी गाँउपालिका-४ ओझैया प्रसौनी टोलका ५० वर्षीय ललाई हजरा दुसादलाई सुभाष हजारा दुसादले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

लागु पदार्थ सेवन गरेर नसामा मातेका दुसादले शुक्रबार साँझ निहुँ खोजेर छिमेकी ललाईमाथि चक्कु प्रहार गरेका थिए। ललाईको मुख, घाँटी र छातीमा सुभाषाले अन्धाधुन्द चक्कु प्रहार गरेर घाइते बनाएको र घाइते ललाईलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललाईको चक्कु प्रहार गरि हत्या गरिएपछि गाँउमा तनाव उत्पन्न भएको थियो। त्यसपछि प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने सुभासलाई नियन्त्रणमा लिएपछि स्थिति नियन्त्रणमा आएको थियो।

पक्राउ गरिएका सुभाषलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.