नाङ्सल छोदेनले गरिन् २२ घण्टामा सगरमाथा आरोहण

नाङ्सल छोदेनले गरिन् २२ घण्टामा सगरमाथा आरोहण
तस्बिर : नाङ्साल छोदेन
सुन्नुहोस्

गोरखा : गोरखाकी नाङ्सल छोदेन लामाले २२ घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एकसाथ आरोहण गरेकी छन् । अघिल्लो वर्ष ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी चुमनुब्री १ सामागाउँकी नाङ्सलले पहिलो पटक एकैसाथ दुवै हिमाल आरोहण गरेकी हुन् ।

पहिलो प्रयासमै सर्वोच्च शिखर सगरमाथा २२ घण्टा १५ मिनेटमा पुग्न सफल भएकी उनले त्यसको लगत्तै ८,५१६ मिटर अग्लो ल्होत्सेको आरोहण गरेकी हुन् । दुवै हिमाल आरोहण गरेर ४७ घण्टामा बेसक्याम्प आइपुगेको उनको भनाइ छ । 
बिहान चारबजे बेसक्याम्पबाट हिँडेकी उनले भोलिपल्ट बिहान २:१५ मा सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् । त्यहाँबाट चौथो क्याम्पमा झरेर फेरि ल्होत्सेको आरोहण गरेर ४७ घण्टामा बेसक्याम्पमा आएको उनको भनाइ छ । उनी अहिले बेसक्याम्पमै छिन् ।

यसअघि सबैभन्दा छिटो १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेर गोरखा छेकम्पारकी फुञ्जो झाङ्मु लामाले विश्व किर्तिमान राखेकी छन् । साथै यात्रा सुरु गरेको २४ घण्टा २६ मिनेटमा बेसक्याम्पमै फर्केर सबैभन्दा छिटो बेसक्याम्प फर्कने महिलाका रुपमा किर्तिमान कायम गरेकी छन् । 

उनीपछि दोस्रो छिटो आरोहण गर्ने महिला नाङ्साल छोदेन बनेकी छिन् । फुञ्जोभन्दा अघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन् । अहिले नाङ्सालले आडाको रेकर्डभन्दा ३ घण्टा छिटो आरोहण गरेकी हुन् । 

चुमनुब्री सामागाउँ गोरखाकी नाङ्सालले चुमनुब्रीका युवाहरुलाई हिमाल आरोहण क्षेत्रमा अघि बढ्न उत्साह बढाउनका लागि सगरमाथा आरोहण गरेको बताएकी छन् । आफ्नो गाउँमै मनास्लु हिमाल रहेपनि आरोहण क्षेत्रमा युवाहरु नलागी बेरोजगार भएर बसेकाले यस क्षेत्रमा लागेर स्वरोजगार हुन हौसला दिन आफू हिमाल चढेको बताएकी छन् ।

सगरमाथा, ल्होत्से रहेको क्षेत्रका युवाहरु पर्यटन र आरोहण क्षेत्रमा लागेर धेरै उन्नति प्रगति गरेको भन्दै उनले आफ्नो गाउँका युवाहरुलाई पनि यस क्षेत्रमा लाग्न अभिप्रेरणा मिलोस् भनेर सगरमाथा र ल्होत्से आरोहण गरेको बताएकी छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.