सिद्धबाबा सुरुङमार्गमा विष्फोट गराएर काम थालिने

सिद्धबाबा सुरुङमार्गमा विष्फोट गराएर काम थालिने
सुरुङ मार्गमा निर्माणको लागि विस्फोटनको पूर्व अभ्यास गरिएको निरीक्षण । तस्बिर : केशरराज क्षेत्री
सुन्नुहोस्

बुटवल : निर्माणधीन अवस्थामा रहेको सिद्धबाबा सुरुङमार्गमा आइतबारदेखि विस्फोट गराएर काम थालिने भएको छ । तिनाउ गाउँपालिका–३ पाल्पास्थित सिदार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम हालसम्म ११ दशमलव ४१ प्रतिशत भौतिक र साढे १७ प्रतिशत वित्तिय प्रगति भएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको बैठकले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार नियमित रुपमा विस्फोट गराएर सुरुङमार्ग निर्माणको कामलाई तिव्रता दिने निर्णय भएको छ । विस्फोटनका समयमा सिमित अवधिका लागि सवारी साधनको आवागमन समेत बन्द गरिने सुरक्षा समितिको बैठकले निर्णय गरेको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । 

एक हजार १ सय २६ मिटर लम्बाइको उक्त सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ ले लिएको छ । योजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ छ । पाँच वर्षभित्र निर्माणको सवै काम पुरा गर्नेगरी २०७८ साल फागुनमा परियोजनाको सम्झौता गरिएको हो । सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ ।

सुरुङमार्गका साइट इन्जिनियर श्रृजेश पौडेलका अनुसार सुरुमार्ग क्षेत्र बाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नती गर्ने योजना छ । निर्माण स्थलमा हाल १ सय ५० जना मजदुरहरुले २४ सैँ घण्टा काम गरिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.