काठमाडौं महानगरले कानुनी राज्यको उपहास गरेको छ : सडक डिभिजन

नसच्चिए प्रतिकार गर्ने चेतावनी

काठमाडौं महानगरले कानुनी राज्यको उपहास गरेको छ : सडक डिभिजन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरले कानुनी राज्यको उपहास हुने कार्य बलमिच्याइपूर्वक गरेको गरेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।

शनिबार काठमाडौं महानगरपालिकाले बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै महानगरको ट्रकले धुलो खसालेको थियो। 

उक्त कार्य प्रति कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको भन्दै कार्यलयले विज्ञप्ती निकालेर स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट काम भएको बताएको हो।

यस्ता कार्यले महानगरको गरिमा कदापी नबढ्ने मन्त्रालयल जनाएको छ। 'काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।', विज्ञप्तीमा उल्लेख गरिएको छ।

यही शुक्रबार मेयर शाहसँग डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको जनाइएको छ।

सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयलाई विषयान्तर गरीएको डिभिजन कार्यलयले बताएको छ। 'शनिबार न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमती सडक काटी सडकको स्ट्यान्डर चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको थियो। सोही विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाइ गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।'

सडक डिभिजन काठमाडौंको कार्य क्षेत्र भित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाब दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने उल्लेख गर्दै भनिएको छ, 'तर डिभिजनको कार्यक्षेत्र सँग सरोकार नभएको विषय उठाइ भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौं बाध्य हुने छ।' 

हिजो प्रमुख बालेन्द्र शाह (बालेन)को निर्देशनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअघि ट्रकबाट धुलो खसालिएको  थियो। मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै उक्त धुलो मन्त्री रघुवीर महासेठलाई उपहार पठाएको बताएका थिए। र धुलो नियन्त्रणको काम अगाडि नबढाए हरेक दिन पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने पनि बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.