विपक्षी दलको लामिछानेलाई आग्रह

'गृहमन्त्रीज्यू छानबिनबाट किन डराउनु भएको ? दोषी भए कारवाही भोग्नु, नत्र यही संसद‍्मा गृहमन्त्रीको रुपमा आउनुहोस्'

'गृहमन्त्रीज्यू छानबिनबाट किन डराउनु भएको ? दोषी भए कारवाही भोग्नु, नत्र यही संसद‍्मा गृहमन्त्रीको रुपमा आउनुहोस्'

काठमाडौं : प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहयोग गर्न आग्रह गरेका छन्।

आइतबार संसद बैठकमा अवरोधमा उत्रिएको विपक्ष दलका तर्फबाट राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले छानबिन समिति गठनमा सहयोग गर्न गृहमन्त्री लामिछानेसमक्ष आग्रह गरेका हुन्।

उनले भने,'गृहमन्त्रीज्यू सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सहयोग गर्नुहोस्। जनताले यिनै पुराना दलले काम गरेन भनेर र यिनीहरूको विकल्पका रुपमा भोट दिएका हुन्। खुला गरिदिनुहोस्। दोषी भए कारवाही होला। निर्दोष भए यसै सदनमा गृहमन्त्री भएर आउनुहोला। '

शाहीले हिजो प्रतिपक्षीमा बस्नेहरु सत्तापक्षमा पुग्दा बोलि फेरिएको आरोप लगाए। उनले सहकारी प्रकरणमा छानविन गर्न सरकारले खुट्टा कमाएको बताए ।

शाहीले छानबिन समिति बनाउँदैमा विना प्रमाण कोहि दोषी वा निर्दोश नहुने भन्दै समिति बनाउनका साथ आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.