मर्यादापालकले पुर्‍याए अर्थमन्त्रीलाई रोष्ट्रममा

विपक्षी दलको अवरोधकाबीच संसद‍्मा 'आर्थिक सर्वेक्षण' पेश

विपक्षी दलको अवरोधकाबीच संसद‍्मा 'आर्थिक सर्वेक्षण' पेश

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश भएको छ। सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश गरेका हुन्।

सभामुख देवराज घिमिरेले आर्थिक सर्वेक्षण पेश गर्न अर्थमन्त्री पुनलाई समय दिएपछि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए। त्यसपछि मर्यादापालकहरूले अर्थमन्त्री पुनलाई रोष्ट्रममा पुर्‍याएका थिए।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले सदनमा नाराबाजी गरिरहेका छन्।

विपक्ष दलहरूको नाराबाजीबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.