२०८०/०८१ को आर्थिक सर्वेक्षण

प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने : अर्थमन्त्री पुन

प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने : अर्थमन्त्री पुन
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक र सामाजिक परिसूचकमा सुधार हुँदै  गएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको उत्पादन क्षेत्रमा आएको संकुचनको बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।

उनले प्रदेशगतरुपमा गण्डकी,बागमती र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने बताए। चालु आर्थिक वर्ष कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने सरकारको अनुमान छ।

यसैगरी मन्त्री पुनले प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरे। चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रा स्फिति ६.०८ प्रतिशत आर्थिक सर्वेक्षणमा उल्लेख  छ।

राजश्व परिचालन क्रमश सुधार हुँदै गएको भन्दै अर्थमन्त्री पुनले  चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब ५ करोड पुग्ने अनुमान गरे।

यस अवधिमा संघीय खर्च २.९ प्रतिशतल वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.