संसदीय छानबिन समिति गठन गर्न सरकार तयार छ, बजेट वक्तव्यसम्ममा सहमति हुन्छ : प्रधानमन्त्री

संसदीय छानबिन समिति गठन गर्न सरकार तयार छ, बजेट वक्तव्यसम्ममा सहमति हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्न सरकार तयार रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा उनले संसदीय छानबिन समिति गठन गर्न रास्वपा पनि तयार भएकाले आज वा भोलिसम्म सहमति हुने धारणा राखेका छन्।

‘मैले केहि दिनदेखि लगातार सत्ता पक्ष र प्रतिपक्षका नेतासँग छलफल गरिरहेको छु। र गतिरोधको अन्त्य गर्न प्रयास भइरहेको छ। सहमतिको नजिक पुगेको मैले महसुस गरिरहेको छु। आज बिहान पनि बुढानीलकण्ठ कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेतासँग सहमतिको निम्ति प्रयास गरेको छु।’ नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रचण्डले भने,‘मलाई के विश्वास छ भने आज वा भोलिसम्म बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ। किनकी हामी त्यसको नजिकै छौं।’

उनले संसदीय छानबिन समितिको टीओआर बनाउन सबैले लचकता प्रदर्शन गर्नुपर्ने धारणा राखे। उनले प्रधानमन्त्रीको हैसियतले सहमति होस् भनेर आफू लागि परेको प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.