मंगलबार दिउँसो १ बजे बजेट भाषण

मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/०८१ को बजेट जेठ १५ गते दिउँसो १ बजे ल्याउने भएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट भाषणका लागि जेठ १५ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको जानकारी दिएका हुन्।

सभामुख घिमिरेले अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी दिए। संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सभामुख घिमिरेले बैठकमा सहभागीताका लागि पौने १ बजेभित्र संसद भवन प्रवेश गरिसक्नुपर्ने सांसदहरूलाई अनुरोध गरेका छन्। बजेट भाषणपछि अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बस्ने सभामुखले जानकारी गराएका छन्।

आजको प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.