सहकारी ठगीको विषय संसदबाटै टुंग्याउँछौं, सत्ताको रवैयाविरुद्ध सडकमा आएका हौं : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षले संसदमा राखेको आवाजलाई छानबिनको विषय बनाउनु सरकारको दायित्व भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सहकारी ठगीको संसदीय छानबिन समिति नबनाई धरै नभएको बताएका हुन्।

‘संसदीय छानबिन समिति हामीले भनेको जस्तो भन्छ।  सहकारीसँग जोडिएको विषय सदनबाट हल हुन्छ। सदनबाट टुंग्याउँछौं, यति क्षमता हामी राख्छौं।’उनले भने,‘हामी आजबाट सडकमा विरोध प्रदर्शन गर्न आएका छौं। हामी आज सडकमा आएको त्यो कुरामा होइन। सत्ताको रवैयालाई बेलैमा प्रश्न गर्नुपर्छ भनेर सडकमा आएका हौं। संसदीय छानबिन समिति नबनाई धरै छैन।’

 थापाले कांग्रेस एउटा व्यक्तिविरुद्ध सडकमा नआएको दाबी गरे। उनले वर्तमान सत्ता गठबन्धन निरंकुशता उन्मुख र अनुदारवादी रहेको आरोप लगाए। थापाले सरकारविरुद्ध एकजुट बनेर लाग्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.