संसदको गतिरोध हटाउन एकीकृत समाजवादीको ध्यानाकर्षण

प्रधानमन्त्री प्रचण्डलाई नेपालले भने : प्रतिपक्षलाई विश्वासमा लिन सत्तापक्षले लचकता देखाउनै पर्छ

प्रधानमन्त्री प्रचण्डलाई नेपालले भने : प्रतिपक्षलाई विश्वासमा लिन सत्तापक्षले लचकता देखाउनै पर्छ
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा देखिएको गतिरोध हटाउन सक्रिय पहल गर्न आग्रह गरेका छन्। आइतबार ध्यानाकर्षणमार्फत नेपालले सदनमा अस्वस्थ्य आरोप-प्रत्यारोपले सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव हुने आशंका देखिएको जनाएका छन्।

नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा टकरावको अवस्था देखा पर्नु दुःखद भएको एकीकृत समाजवादीको ठहर छ। ‘संसद जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो भन्ने हाम्रो पार्टीको दृढ विश्वास छ। अहिले संसद अवरुद्धजस्तै भएको छ।’ पूर्वप्रधानमन्त्री नेपालले भनेका छन्,‘संसदमा देश र जनताका समस्यामा सार्थक बहस हैन, अस्वस्थ्य आरोप-प्रत्यारोप भैरहेको छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ। नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद छ।’

प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले लचकता देखाउनै पर्ने एकीकृत समाजवादीको धारणा छ। ‘हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं-संसदका नियमित काम-कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसंग तत्काल सार्थक छलफल र वार्ता द्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गंभीर पहल गर्नु होस्।’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘कठिन खालका असहमति र द्वन्द्वसमेत वार्ता र सहमतिको आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव सम्माननीय प्रधानमन्त्रीज्यूलाई छ भन्ने कुरामा हाम्रो पार्टी विश्वस्त छ।’

नेपालले सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्न एकीकृत समाजवादीले सहयोग गर्ने बताए। नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै लामो समयदेखि सदन अवरोध गरिरहेको छ। छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन भएपनि बैठकमा हालसम्म सहमति जुट्न सकेको छैन।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.