छानबिनबाट गृहमन्त्री निर्दोष देखिए कांग्रेस आफैं माला लिएर आउँछ

श्रमजीवी नागरिक र सहकारी पीडितको मुद्दा लिएर कांग्रेस सडकमा आएको हो : महामन्त्री शर्मा

श्रमजीवी नागरिक र सहकारी पीडितको मुद्दा लिएर कांग्रेस सडकमा आएको हो : महामन्त्री शर्मा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी श्रमजीवी नागरिकको  मुद्दाको पक्षमा उभिएको बताएका छन्। कांग्रेसले आइतबार गरेको सडक प्रदर्शनको भेलालाई सम्बोधन गर्दै उनले सहकारी पीडितको पक्षमा आइपुगेको बताएका हुन्। उनले सहकारीमा जम्मा गरेको रकम जोगाउने पक्षमा रहेको स्पष्ट पारे।

उनले सरकार अनुदार शैलीमा भएकाले सच्चिनुपर्ने धारणा राखे। उनले सभामुख रिमोट कन्टोलबाट चलेकाले संसदको गरिमा कायम गर्नुपर्ने र रिमोट कन्टोलबाट मुक्त हुनुपर्ने धारणा राखे।

लोकतान्त्रिक सवाल र संस्कृतिमाथि कसैलाई प्रश्न नउठाउन चेतावनी दिँदै उनले बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्छौं​​ भन्नेहरु संसदीय प्रक्रियामा सामेल भइरहेको बताए।

शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष, इमान्दार र गहिरो संसदीय छानबिन हुनुपर्ने स्पष्ट पारे। उनले भने,‘भन्नलाई अन्तर्राष्ट्रिय छानबिन बनाए हुन्छ भन्ने तर नाम राख्न नचाहने।’

महामन्त्री शर्माले छानबिनबाट गृहमन्त्री निर्दोष देखिए माला लिएर कांग्रेस आफैं आउने उद्घोष गरे। महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गर्दै उनले भने,‘कहिले लेखेर दिन्छ सहकारी ठगीमा  रवि लामिछाने दोषी हुनुहुन्न भनेर। कहिले लेखेर दिन्छ दुईवटा पासपोर्ट भएपनि छानबिन गर्नुपर्दैन भनेर।’

उनले मिसन ८४ भन्ने पक्षमा कांग्रेस नरहेको धारणा राखे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.