पाँच वर्षपछि खुल्यो गोरखाको मुलाढाज्यान नाका

पाँच वर्षपछि खुल्यो गोरखाको मुलाढाज्यान नाका
मुलाढाज्यान नाका उद्‍घाटन समारोह। तस्बिर : पासाङ फुञ्जो लामा
सुन्नुहोस्

गोरखा : विगत पाँच वर्षदेखि बन्द रहेको उत्तरी गोरखाको मुलाढाज्यान (ङुइला) नाका खुलेको छ। कोभिड संक्रमण फैलनसक्ने भन्दै २०७६ सालको पुस महिनादेखि चिनियाँ सरकारले एकतर्फीरूपमा बन्द गरेको चुमनुब्री ७ छेकम्पार र तिब्बत जोड्ने मुलाढाज्यान नाका हालै उद्‍घाटन गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। 

केही दिनअघि तिब्बतको जोङ्गास्थित स्या सहरमा औपचारिक कार्यक्रम आयोजना गरी नाकाको उद्‍घाटन गरिएको उनले बताए। गोरखाको चुमनुब्री-१ मा रुइला नाका र वडा नं. ७ मा मुलाढाज्यान(ङुइला) नाका छन्। दुईमध्य हालः एउटामात्र खुलाइएको छ।

‘पाँच वर्षपछि बल्लतल्ल एउटा नाकाचाहिँ खुल्यो। अब अर्को खुल्न बाँकी छ’, उनले भने, ‘सरकारी स्तरमाचाहिँ दुवै नाका खोल्ने भनेर निर्णय भइसकेको छ। स्थानीय स्तरमाचाहिँ अहिलेलाई एउटामात्र खुलेको छ।’ अहिलेलाई स्यासम्ममात्र जान दिने तिब्बती पक्षले जानकारी दिएको उनले बताए।

नाका खुल्ला गरिएको घोषणा भए पनि आवतजावत भने असारबाट मात्र हुने भएको छ। अबको एक महिनामा आवतजावत गर्न पाइने भनेर अहिलेलाई उद्‍घाटनमात्र गरिएको  पासाङफुञ्जो लामाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.