चौतारा अस्पतालको अत्याधुनिक भवन

चौतारा अस्पतालको अत्याधुनिक भवन
सुन्नुहोस्

सिन्धुपाल्चोक : २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त अस्पताल पुनर्निर्माणमा चीन सरकारको ६ करोड १० लाख चिनियाँ आरएमबी अर्थात् १ अर्ब १२ करोड ३६ लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको छ। ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको हो।

चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. रुद्रमणि भण्डारीका अनुसार अस्पताल भवन निर्माणका लागि सन् २०१८ अगष्ट १५ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेशनल इकोनोमिक को-अपरेसन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौंमा सम्झौता भएको थियो।

भण्डारीका अनुसार ५० शय्याको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि सम्पूर्णरूपमा तयार भइसकेका छन्। मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो। भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस, फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष पनि तयार भएका छन्।

भुइँतलामा चार सय ५० केभी पावरको जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ। त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष पनि तयार भएका छन्।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, क्लासरुम, सात शैयाको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटोथेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन्। 

त्यस्तै दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगाधुने मेसिन राखिएका छन्।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ। नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेपछि पनि आगामी तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने अस्पताल स्रोतले जनाएको छ। उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने बताइएको छ। 
जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएपछि सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गरिएको छ। कुनै समय सर्वत्र आलोचना खेपेको यो अस्पतालले केही बर्ष यता आफ्नो सेवा प्रवाहमा गरेको सुधारका कारण बागमती प्रदेशमै उत्कृष्ट अस्पताल घोषित भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.