गुल्मीमा ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइने

गुल्मीमा ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइने
सुन्नुहोस्

गुल्मी : गुल्मीमा ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ। जिल्लाका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ २१ गते खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। 

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीका ३९२ खोप केन्द्रमा १० हजार ८ सय १० जना बालबालिकालाई आईपीभी खोप लगाइने भएको जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए। 

स्वास्थ्य कार्यालयले आईपीभी खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ। साढे ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई उक्त खोप लगाइने छ। 

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएर यस खोपबाट बञ्चित भएका तथा एक वर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा परेकालाई खोप दिन लागिएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए। 

त्यसका लागि स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। पोलियो रोग जुनसुकै उमेर समूहकालाई पनि लाग्छ। जिल्लाका सबै पालिकामा जेठ २८ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ। 

सरकारले सञ्चालन गरेको उक्त अभियानलाई सफल बनाउन सबैले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने भएको छ।
  
ग्रामीण क्षेत्रका सबै गाउँबस्तीमा सूचना प्रवाह गरेर खोपबाट छुटेका बालबालिकालाई अनिवार्य सहभागी बनाएर यो अभियान सफल पार्ने दायित्व सबैको रहेको समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताए। उनले जिल्लामा केही सडक बालबालिका पनि रहेकाले उनीहरूलाई पनि यो खोपमा समावेश गर्न आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.