हङकङमा ‘सगरमाथा र गणतन्त्र दिवस’

हङकङमा ‘सगरमाथा र गणतन्त्र दिवस’
सुन्नुहोस्

हङकङ : हङकङस्थित नेपाली महावाणिज्यदूतावासको आयोजनामा ‘सगरमाथा र गणतन्त्र दिवस’ मनाइएको छ। नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा पाइला टेकेको ७१औं वर्ष पुगेको खुसीयाली र देशमा १७औं गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै, कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा हङकङका सगरमाथा आरोही मिस्टर जोन त्साङ तथा हङकङ विशेष प्रशासकीय क्षेत्र सरकारले मान्यता दिएको हङकङ चाइना माउन्टेरिङ एन्ड क्लाइमिङ युनियनका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। युनियनका प्रतिनिधि मिस लीले कार्यक्रमको सम्बोधन गर्दै नेपालका हिमाल, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको खुलेर प्रशंसा गरेकी थिइन्। 

दोस्रो चरणको कार्यक्रमअन्तर्गत हङकङका विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवीहरूले गणतन्त्र दिवसको शुभकामना दिएका थिए। कार्यक्रममा एनआरएनए आईसीसीको तर्फबााट टीका गुरुङ, जीएनआरएनए हङकङका अध्यक्ष पृथ्वी राना, हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङ, नेपाल चेम्बर्स अफ कर्मस हङकङका अध्यक्ष लवकुमार गुरुङ, एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकाल, जनप्रगतिशील मञ्चका हरि तमु, प्रवासी नेपाली मञ्चबाट सत्य घले, जनसम्पर्क मञ्च हङकङबाट शैलेन्द्र बोगटी, याउचिमोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङलगायतले सम्पूर्ण नेपालीहरूलाई गणतन्त्र दिवसको गरिमा, खुसीयाली र शुभकामना व्यक्त गरेका थिए। 

कार्यक्रममा दूतावासका अधिकारीहरूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा जारी गरिएको गणतन्त्र दिवसको सम्बोधन वाचन गरेर सुनाएका थिए। आयोजक तथा कार्यक्रमका सभापतिसमेत रहेका हङकङ, मकाउ महावाणिज्यदूत उदयबहादुर रानामगरले समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय लक्ष्य प्राप्ति गर्न र संस्थागत गर्नका लागि शुभकामना दिएका थिए। मगरले सगरमाथा हाम्रो पहिचान मात्र हैन धरोहर र आस्था पनि हो भन्दै, हङकङबाट सगरमाथा आरोहण गर्नेहरूलाई प्रशंसाका साथै आगामी दिनमा पर्यटकहरूका लागि दूतावासले गर्ने सहयोग र प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

हङकङस्थित ब्लुओसन रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई कन्सुल सतिश गुरुङले सञ्चालन गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.