अनुगमन टोली पुगेपछि व्यापारीहरू फरार

अनुगमन टोली पुगेपछि व्यापारीहरू फरार
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा आइतबार बजार अनुगमन समिति सुनचाँदी पसलहरूको अनुगमनका लागि पुग्दा अधिकांश पसलेहरू पसल नै बन्द गरेर हिँडेका छन्। 

अनुगमनका लागि पुग्नु अगावै अधिकांश सुनचाँदी पसलेहरू पसल नै बन्द गरेर हिँडेको अनुगमन टोलीमा संलग्न गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका कर्मचारी मनिष गुप्ताले बताए। 

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक रामप्रसाद लम्सालको नेतृत्वमा आइतबार सुनचाँदी पसलहरूको अनुगमन गर्न सरोकारवाला निकायका प्रतिनिधि संलग्न टोली खटिएको थियो। 

उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, पर्सा ,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्सा र उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका प्रतिनिधि सहभागी थिए। 

अनुगमन टोली आइतबार वीरगन्जको माईस्थान र मिनाबजार क्षेत्रमा रहेका सुनचाँदी पसलहरूको अनुगमनका लागि निस्किएको थियो। तर अनुगमनमा पुग्दा अधिकांश सुनचाँदी पसलेहरूले पसल नै बन्द गरेर हिँडेको र अनुगमनमा असहयोग गरेको अनुगमन टोलीमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका सचिव अजित भुजेलले पनि जानकारी दिए। 

अधिकांश पसलेहरूले पसल नै बन्द गरेर हिँडेकाले  ६ वटा पसलमा भने अनुगमन गरिएको बताउँदै गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका कर्मचारी गुप्ताले बताए। अनुगमन गरिएका पसलहरूमा गुणस्तर तथा नापतौलमा कुनै त्रुटि फेला नपरे पनि पसलको नवीकरण भने नगरिएको भेटिएकाले तीन दिनभित्र नवीकरण गराउन निर्देशन दिइएको गुप्ताले जानकारी दिए। 

उनका अनुसार सुनचाँदी पसलेहरूले व्यापारिक नियमको पालना गरे नगरेको तौल र  शुद्धताको मापन पालना भए नभएको  तथा कर तिरे नतिरेको बारेमा अनुगमन गर्न टोली खटिएको थियो। व्यापारीलाई डर त्रास दिनका लागि नभई सुनचाँदी पसलहरूले मापदण्ड र नियमको पालना गरे नगरेको तथा ग्राहकहरू उनीहरूबाट ठगिँदै आएको अवस्था भए नभएका बारेमा अनुगमन गर्न खोजिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.