रौतहटमा भारतीय नागरिकको हत्या

रौतहटमा भारतीय नागरिकको हत्या

रौतहट : राजपुर नगरपालिकामा भारतीय नागरिकको घाँटी रेटेर हत्या भएको छ। राजपुर नगरपालिका-१ पिपरा भगवानपुर टोलको इद्रिस गेट नजिक ४५ वर्षीय भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएक‍ो डीएसपी एलिजा गिरीले बताइन्। मृतकको साथमा भेटिएको कागजपत्रमा भारतको बिहारस्थित मोतीहारी जिल्ला ठेगाना लेखेको भेटिएको डीएसपी गिरीले जानकारी दिइन्।

मृतकको स्पष्ट सनाखत नभएकाले नाम सार्वजनिक नगरिएको र  शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको प्रहरीले जनाएको छ। शव नजिकै भारतीय नम्बर सिजे ०१- २५६८ नम्बरको मोटरसाइकल भेटिएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.