म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट

म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले म्याद गुज्रिएको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ। बजार अनुगमनका क्रममा म्याद सकिएको २ लाख पचास हजार बराबरको अखाद्य वस्तु नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताइन्। ‘नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकोले पनि अखाद्य वस्तुहरूलाई जफत गरी नष्ट गर्नुपरेको हो’, उनले भनिन्, ‘नागरिकको स्वास्थ्यसँग कुनै सम्झौता हुनै सक्दैन।’

अखाद्य वस्तुहरूले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव गर्ने भएकाले त्यस्ता सामग्रीहरूको आयातलाई निरुत्साहित गर्ने र आगामी दिनमा नियमित जाँचलाई थप कडाइ गर्ने योजना रहेको पनि उनले बताइन्। गतवर्ष पाँचपोखरीले पालिका स्तरीय बजार अनुगमन गर्दा होटल तथा पसलहरूबाट मिति गुज्रिएका करिब सात लाख बराबरको अखाद्य वस्तु एकैसाथ नष्ट गरेको थियो। 

पालिका प्रवेशमै मिति गुज्रिएका अखाद्य वस्तु जफत गर्न थालेपछि करिब ९० प्रतिशत खाद्य स्वच्छता कायम गर्न सफल भएको पनि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पालिका प्रवेशद्वार खाल्डे सूचना केन्द्रमा नियमित जाँचलाई कडाइ गरे पनि ग्रामीण पसलहरूमा म्याद गुज्रिएका सामानहरू भेटिने गरेको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले बताए।

अनुगमनका क्रममा चामल, तेल, मैदा, पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामानहरू फेला परेको उनको भनाइ छ। व्यवसायीहरूले सामान आयात गर्दा अनिवार्य रुपमा मिति हेरेर मात्रै ल्याउन पनि आग्रह गर्दै उनले नागरिकको स्वास्थ्यप्रति व्यवसायीहरू पनि गम्भीर बन्नुपर्नेमा जोड दिए। 

जफत गरिएको सामान समितिले स्थानीय, कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा नागरिक समाजको रोहबरमा नष्ट गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.