वीरगन्जमा हावाहुरीले २५ भन्दा बढी पोल ढल्यो, हिजो रातिदेखि नै विद्युत आपुर्ति अवरुद्ध

वीरगन्जमा हावाहुरीले २५ भन्दा बढी पोल ढल्यो, हिजो रातिदेखि नै विद्युत आपुर्ति अवरुद्ध
फाइल तस्बिर।

वीरगन्ज : वीरगन्ज महानगर क्षेत्रमा गएराति (बुधबारराति)देखि अवरुद्ध विद्युतको आपुर्ति सुचारु हुन समय लाग्ने नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ।

गएराति करिब साढे १२ बजेतिर वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ-ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केही ठाँउको ट्रान्फर्मर पनि खसेपछि वीरगन्ज महानगर क्षेत्रमा विद्युत आपुर्ति सेवा अवरुद्ध छ।

विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ। वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए। यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए।

जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो। ठाँउ-ठाँउमा ढलेका पोल , तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए।

मर्मत सम्भारको काम चलिरहेकाले अवरुद्ध विद्युतको आपुर्ति सम्वत आज बेलुकीदेखि सुचारु हुने सम्भावना रहेको दुबेले बताए। उनले भने, ‘प्राधिकरणका प्राविधिक र कर्मचारीहरु बिहानैदेखि खटेर काम गरिरहेका छन्। अन्यस्थानमापनि पोल र तारमा क्षति भएको खबर आइरहेको छ। त्यसका कारण विद्युत आपुर्ति सुचारु हुन समय लाग्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.