सरकार ढाल्ने प्रयत्‍न नगरे हुन्छ, भत्किन दिन्नौं : अध्यक्ष ओली

सरकार ढाल्ने प्रयत्‍न नगरे हुन्छ, भत्किन दिन्नौं : अध्यक्ष ओली
तस्बिर : अन्नपूर्ण

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्किए अस्थिरता हुने बताउँदै यसमा कोही कसैले पनि खेल्नु राम्रो नहुने बताएका छन् । वर्तमान सरकारको गठबन्धन ढाल्न अनेक प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले त्यस्तो प्रयास राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष भएको जिकिर गरे।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सत्ता समीकरण दिगो हुने दावी गरेका छन् । ‘यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसैले यो समीकरण भत्किदैन। भत्किन दिइँदैन , 'ओलीले भने, ‘अस्थिरता जन्मिने स्थितिमा रमाउने, खुसी हुने होइन । अस्थिरतामा खेल्नु राम्रो होइन । ’

दलहरूको अपरिपक्वताले अस्थिरता उत्पन्न भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.