एमाले अध्यक्ष ओलीले भने- रामको जन्म चितवनको माडीमै भएको हो (भिडियोसहित)

एमाले अध्यक्ष ओलीले भने- रामको जन्म चितवनको माडीमै भएको हो (भिडियोसहित)

चितवन : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपटक फेरि रामको जन्म चितवनको माडीमै भएको बताएका छन्। पार्टीको जिल्ला कमिटीको निर्वाचित पदाधिकारीको सपथग्रहण समारोहमा बोल्दै उनले सम्पूर्ण प्रमाणहरूले रामको जन्म नेपालमै भएको दाबी गरे।

'जोसुकैले जेसुकै भनोस्। सम्पूर्ण शास्त्रहरूले, सनातन धर्म र दर्शनशास्त्रहरूले, प्रमाणहरूले के भन्छ भने रामको जन्म माडीमै भएको हो,' उनले भने। अध्यक्ष ओलीले राम लक्ष्मणले चढ्ने घोडा पश्चिमतिर गएको र वाल्मिकी आश्रम पुगेको बताए। 'अनि भारतको अयोध्याबाट घोडा यहाँ आउँछ। वाल्मिकी पश्चिमतिर पर्छ?,' उनले प्रश्न गरे। उत्तर प्रदेशमा पर्ने अयोध्याबाट वाल्मिकी आश्रम पश्चिममा नपर्ने उनको बुझाइ छ।

त्यस्तै ओलीले राम र सीताको विवाह भएको समयले पनि राम जन्मभूमि नेपालमै रहेको बताउने दाबी गरे। त्यसबेला भारतको अयोध्यादेखि जनकपुरधामसम्म विवाह हुने सम्भावना नरहेको प्रस्ट पारे। 'जति समयमा जन्ती गए, जति समयमा फिर्ता लिएर आए। जति समयमा सबै कुरा भयो। राम र सीताको विवाह यहीँको अयोध्याबाहेक अन्त्य हुन सक्दैन,' उनले भने।

उनले चतरामा तपष्याभूमि रहेको विश्वामित्रले पनि एउटा नदी तरेर आएर राम र लक्ष्मणलाई शिक्षा दीक्षा दिएको प्रसंग कोट्याए। उनले चतरादेखि चितवनको अयोध्यासम्म कोशी नदीमात्र पर्ने भएकाले यस प्रमाणले पनि पुष्टि गर्ने बताए। 'विश्वामित्रले एउटा नदी तरेर आएर राम लक्ष्मणलाई शिक्षा दीक्षा दिएका थिए। अर्थात् उनले कोशी नदी तरे तर गण्डकी तरेनन्। अर्थात् गण्डकी यतै (पूर्वतिरै) अयोध्यामा राम लक्ष्मणले शिक्षा दीक्षा लिएका थिए,' ओलीको दाबी छ। 

उनले रामको जन्मभूमि नेपालमा भएको अनगिन्ती प्रमाणहरू रहेको बताए। तर, नेपालीहरूले शास्त्र र प्रमाणले भनिरहँदा पनि भन्न डराउनेगरेको उनको भनाइ छ। 'सशस्त्रले, रामायणले, वाल्मिकीले देखेका लेखेका अनेकन प्रमाणहरू काफी छन्। तर, शास्त्र र प्रमाणले भन्दा पनि हामी भन्न सकिरहेका थिएनौं। डराइरहेका थियौं,' उनले भने। उनले रामभूमि चितवनको अयोध्यामा पर्यटनको प्रचूर सम्भावना रहेको बताए। उनले सरकारले त्यसको विकासका लागि अगाडि बढ्ने बताए।

यसअघि ओलीले विसं २०७७ असारमा रामको जन्म नेपालमा भएको अभिव्यक्ति दिएका थिए। उनले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने र भारतको फैजावादलाई अयोध्या भनिएको दाबी गरेका थिए। उक्त अभिव्यक्ति विवादित बनेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको प्रस्टीकरण दिएको थियो। उनले त्यसयता विसं २०७८ को कात्तिक महिनामा पनि पटक-पटक राम जन्मभूमि नेपालमा भएको बताएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.