चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

वीरगन्ज : वीरगन्ज महानगरपालिका-३२ रामवनमा बन्न लागेको प्राकृतिक चिडियाखानाको घेराबार गर्ने काम तीव्र रुपमा अघि बढेको छ। 

करिब ५० हेक्टर क्षेत्रफल ओगट्ने चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए। ‘अहिलेसम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उनले भने, ‘बाँकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने व्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ।’

करिब १ अर्ब सात करोड रुपैयाँको लागतमा बनाउन लागिएको प्राकृतिक चिडियाखानाको शिलान्यास स्वास्थ्यमन्त्री एवं पर्सा–१ सांसद प्रदीप यादवले यसअघि वनमन्त्री भएका बेला २०७९ असोज ६ गते गरेका थिए। सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घाँस बुट्यान क्षेत्रले ३९.४ हेटटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ।

 
पर्सा राष्ट्रिय निकुन्जले शुक्रबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसँग छलफल पनि गरेको छ। बैठकले चिडियाखानाले अधिग्रहण गरेका जग्गाको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ।

यस्तै सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडालले जानकारी दिए। यस्तै बैठकले वीरगन्जका मेयर सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बाँकी प्रकृया समेत अघि बढाउने निर्णय पनि भएको उनले बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.