पटिहानीमा ‘स्टोन पार्क’

पटिहानीमा ‘स्टोन पार्क’

चितवन : पर्यटकीय केन्द्र बनेको पटिहानीमा  पर्यटकीय गतिविधि बढाउन नौलो परिकल्पना गरिँदै आएको छ ।  केही वर्ष पहिला निर्माण गरिएको अम्रेला स्ट्रिटले पर्यटकीय चहलपहल बढायो । आन्तरिक पर्यटन बनाउन नयाँ खालका अवधारणा ल्याइएको छ ।

पर्यटकको रोजाइलाई मध्यनजर गर्दै पटिहानीमा फेर िअर्को गन्तव्य निर्माण गरिएको छ ‘स्टोन पार्क’ । पर्यटकको आकर्षणका लागि  ढुंगाका संरचना तयार गरेर पार्क बनाइएको छ । भरतपुर–२२ स्थित राप्ती नदी किनारमा रहेको पार्कबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । 

ढुंगा छापेर वाकिङ ट्रेल, सेल्फी पोइन्ट, भ्यु टावर, ढुंगाकै विश्रामस्थल बनाइएको छ । राप्ती नदीमा डुंगा चढ्न आउने घाट छ । पारिपट्टी निकुञ्ज छ । निकुञ्जका जनावर देख्न सकिन्छ । यसैमा पर्यटक रमाउँछन् । राप्ती नदी र केरुङ घोलले कटान गरेर उकासिएको जग्गामा १ करोड २० लाखको खर्चमा आकर्षक पार्क बनाइएको भरतपुर–२२का वडाध्यक्ष विष्णुराज महतोले बताए । दक्षिण कोरियामा स्टोन पार्क देखेपछि वडाध्यक्ष महतोले त्यही अवधारणा लागू गरेका हुन् । ‘यहाँ बाढी पनि लाग्छ । बाढीले ढुङ्गालाई क्षति नगर्ने भएपछि ढुंगैढुंगाले बनेको पार्क बनाएका हौं,’ उनले भने, ‘यो ढुंगाले सिँगारिएको पार्क हो,’ महतोले भने, ‘राप्ती नदीसँगै निकुञ्जको दृश्य हेर्न सकिन्छ । यसको महत्व दिनहुँँ बढ्छ भन्ने लागेको छ ।’

पार्क नजिकको क्षेत्रमा बोटे समुदायको बस्ती छ । उनीहरूको  जीविकोपार्जनसँग पार्कलाई जोडिएको छ । पार्कको उद्घाटनका अवसरमा रैथाने खाना महोत्सव पनि गरिएको थियो । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ मनाइरहेको छ । 

पटिहानीमा निर्माण गरिएको स्टोन पार्क नयाँ गन्तव्यका रूपमा पर्यटक आगमन गर्ने महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । ‘नदीले उकासिएकै प्रयोगविहीन भएको जग्गामा वडादेखि संघीय र प्रदेश सरकारको लगानी पनि मनमोहक पार्क बनेको छ ।,’ दाहालले भनिन्, ‘नयाँ सोचाइको पार्क बनेको छ । नदी तटीय क्षेत्रमा घुम्न आउँदा रमाइलो हुने प्राकृतिक सौन्दर्यताको अनुभूति हुने पर्यापर्टनको भरतपुरमा कोसेढुंगा बन्ने विश्वास छ ।’ भरतपुरलाई पर्यापर्यटनको केन्द्र बनाउन यो पार्कले भूमिका खेल्ने दाहालको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.