यार्सा संकलनका क्रममा भीरबाट लडेर एकजना गम्भीर, उद्धार गर्न सिम्रिकको हेलिकोप्टर आउँदै

यार्सा संकलनका क्रममा भीरबाट लडेर एकजना गम्भीर, उद्धार गर्न सिम्रिकको हेलिकोप्टर आउँदै

बझाङ : बझाङमा यार्सा संकलन गर्ने क्रममा भीरबाट लडेर एकजना गम्भीर घाइते भएका छन् । साइपाल गाउँपाालिका–१ धलौनका २३ वर्षीय लक्ष्मण धामी बाटुलसेरा भन्ने ठाउँमा यार्सा संकलन गर्दै आएका थिए । यार्सा संकलन गर्ने क्रममा आइतबार बेलुकी ५ बजे बाटुलसेरा भन्ने ठाउँको भीरबाट लडेर धामीलाई चोटपटक लागेको उनका आफन्तले जानकारी दिएका छन् । 

घाइते धामीको टाउको र हातमा गम्भीर चोट लागेको र अन्य शरीरमा पनि चोट रहेको स्थानीय यार्सा संकलक प्रदिप बोहराले बताए । घाइते धामीलाई उद्दार गरेर गाउँ ल्याउने काम भइरहेको र उपचारका लागि साइपाल गाउँपालिकाको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टर काठमाडौंबाट उडेको अध्यक्ष मानवीर बोहराले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.