कर्णालीको पीडा

ठेकदारका कारण हुम्लामा ७ वर्षदेखि पक्की पुल अलपत्र, काठेपुलमै गुड्छन गाडी

ठेकदारका कारण हुम्लामा ७ वर्षदेखि पक्की पुल अलपत्र, काठेपुलमै गुड्छन गाडी

हुम्ला : सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न खोलामा निर्माणाधीन पक्की पुल ठेकेदारहरूले अलपत्र पारेपछि सवारी साधन काठे पुलमा गुड्ने गरेका छन्। सात वर्षअघि निर्माण सुरु भएका पुलहरू ठेकेदार कम्पनीहरुले समयमै निर्माण नगरेपछि काठेपुलकै साहारामा गाडी गुड्ने गरेका हुन्। हेप्काखोला, ताग्रुखोला, याङ्गारखोलामा पुल अझै बनेको छैन। 

पुल निर्माण नभएपछि सधै काठेपुल तरेर गाडी चल्ने गरेको नाम्खा गाउँपालिका-४ का पुर्वु तामाङ जानकारी दिए।  ‘काठेपुल भत्किन्छ कि भन्ने डरमा गाडी चल्नुपर्छ,’ तामाङ भने, ‘सिमकोटदेखि यारीसम्म पर्ने चार ठाउँका खोलामा पुल छन्। सल्लीखोला पुल निर्माण भइसकेको तर हेप्काखोला, ताग्रुखोला, याङगार खोलामा अझै सम्म पुल बनेको छैन।’ 

हालसम्म पनि पुल नबन्दा विकासको आशासमेत मरिसकेको नाम्खा गाउँपालिका-५ का तेन्जिङ लामाले बताए।  ‘पहिलेदेखि पुल निर्माण हुन्छ भन्ने सुनेका थियौँ। तर अझैसम्म पुल निर्माण भएको छैन। बेला बेलामा नयाँ काठेपुल निर्माण हुन्छन् पक्कीपुल वर्षौंदेखि उस्तै छन्,’ उनले भने। 

सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ को सिमाना पर्ने हेप्काखोलामा पक्की पुल निर्माणका लागि एमएस जेबी धुलिखेल जेबी काठमाडौंका प्रोपाइटर तेजबहादुर महतले २०७४ साउन ६ गते दुई वर्षभित्र सक्ने सम्झौता गरेका थिए। नाम्खा गाउँपालिका-१  स्थित ताग्रुखोलाको पक्की पुल निर्माणका लागि उनले सोही दिन सम्झौता गरेका थिए।  

हिल्सा सिमकोट सडक योजना कार्यालयमा विभिन्न बाहानाबाजी  देखाउदैँ चार चार पटकसम्म म्याद थप गरिएको छ। २०७६ माघ १० गते नाम्खा गाउँपालिका-४ स्थित याङ्गारखोलामा पुल निर्माण गर्न धुलिखेल निशान जेबी बानेश्वर काठमाडौंका प्रोप्राइटर अकिल बुढाले ठेक्का लिएका थिए। पुल निर्माणका लागि दुईपटक म्याद थप भइसकेको छ। 

कहिले हिमपात, कहिले कोरोना महामारी, कहिले सामान ढुवानीका बहाना बनाउँदै काममा ढिलाइ गरेका छन्। पाँच वर्षसम्म पक्की पुल निर्माण नहुँदा सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न गाडी काठेपुलकै भरमा आउजाउ गर्न गरेका छन्।
 
हिल्सा–सिमकोट सडक योजनाका कार्यालय प्रमुख बेलबहादुर नेपालीका अनुसार यस भन्दा पहिला म्याद गरिएको थियो ठेकेदारहरुले हिमपात, सामान ढुवानी ढिलाईका कारण देखाएर म्याद थप भएको बताए। अब केन्द्रबाट नीतिगत रुपमा म्याद थप गर्ने नीति  सुधार भएर आएपछि म्याद थप हुन्छ नत्र काम नगर्न ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउने नेपालीको भनाइ छ।  

ताग्रुखोलाको पुल ढलानको प्रक्रियामा छ हेप्काखोला दुवै ठाउँमा बिम राख्न काम भइरहेको यस्तै गरी याङगार खोलामा पनि बिम राख्ने काम अघि बढेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख नेपालीको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.