एक दशकपछि अष्ट्रेलियामा मह जोडीको भव्य महजात्रा

एक दशकपछि अष्ट्रेलियामा मह जोडीको भव्य महजात्रा

अष्ट्रेलिया : नेपाली हाँस्य क्षेत्रका मह जोडीले एक दशकपछि अष्ट्रेलियाका ५ शहरमा भव्य रुपमा महजात्रा सम्पन्न गरेका छन्। पर्थबाट सुरु भएको जात्रा राजधानी क्यानबेरा, सिड्नी, एडिलेड हुँदै मेलबर्नमा सम्पन्न भएको हो। यात्रामा मह जोडीलाई कुन्ती मोक्तान, शिला बहादुर मोक्तान, किरण केशी, नरेन्द्र कंशाकार र रसिला आचार्यले साथ दिएका थिए। 

स्थानीय शहरहरुमा त्यहाँ क्रियाशील नेपाली कलाकारहरुले पनि साथ दिएका थिए। साउथ अष्ट्रेलियाको राजधानी एडिलेडमा आयोजित कार्यक्रममा ह्विलचियरमा मदन कृष्ण सहितको टोली प्रवेश गर्दा दर्शकहरुले उठेर सम्मान दर्शाएका थिए। ​​​​​​​पार्किन्सनले अस्वस्थ रहेका श्रेष्ठले आफ्ना सदावहार गीतहरु फुलबुट्टे सारी, एउटा सपना छ तिमीलाई माया गर्ने सहित प्रहशन प्रस्तुत गरेका थिए। दर्शकहरुले दर्शाएको मायामा भावुक हुँदै श्रेष्ठले धेरै सम्मान र मायाले आफूमा ऋण थपिएको बताए। 

हरिवंश आचार्यले एकल प्रहसनमार्फत मःमको महिमा भन्दै सामाजिक व्यंग्य पस्किएका थिए। उनले उपाध्याय म:म सेन्टरको उद्घाटनले नेपाली राजनीति क्षेत्रमा देखापरेका विकृति र विसंगतिलाई उजागर गर्ने प्रयास गरिएको  थियो। 

null

महसहित किरण केशी र नरेन्द्र कंशाकारले होलबडी चेकअपको माध्यमबाट नेपाली स्वास्थ्य क्षेत्रका बारेमा गतिलो समसामयिक व्यंग्य गरेका थिए। होलबडी चेकअपले नेपालमा मौलाएको निजी अस्पतालहरुको मनपरितन्त्र तिखो प्रहार गरेका थिए।

कुन्ती मोक्तान र शिला बहादुर मोक्तानले आफ्ना सदाबहार खुट्टा तान्दै गर, माथि माथि शैलुंगेमा सहितका गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको समापन पछि हरिवंश आचार्यले दर्शकहरुको मायाले नै नयाँ नयाँ प्रहसन सहित दर्शकहरु माझ आउने गरेको बताए। एडिलेडमा कार्यक्रमको संयोजन गरेको एसके ईभेन्टका निर्देशक कमल थापा मगरले दर्शकहरुको मह प्रतिको सम्मान देखेर आफुहरु भावुक भएको र दर्शहरुको भव्य उपस्थितिले थप पुष्टि गरेको बताए।

null​​​​​​​

मह जात्रा सिड्नीको महत्वपुर्ण मानिने स्टेट थिएटरमा भएको थियो। भने एडिलेडको क्याप्री थिएटरमा पहिलो पटक नेपाली समुदायको कार्यक्रम आयोजना भएको थियो। अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरु संस्था एन्जा अध्यक्ष चिरञ्जीवि देवकोटाले नेपालबाट हिँड्नु अगाडिको प्रेस मिटमा बोलेका विषयमा सामाजिक सञ्जालमा आलोचना खेपिरहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हेर्न आएका दर्शकहरुको प्रतिक्रिया र उपस्थितिले भने फरक दृश्य सञ्चारित गरिरहेको बताए। उनले अष्ट्रेलियामा उहाँहरु प्रति रहेको सम्मान र दर्शकको मायामा कुनै कमी नआएको देख्न पाएको बताए।

महजात्रा अष्ट्रेलियाको संयोजन गरेको सोलाङचरका निर्देशक नोर्गेन नोर्बुले कार्यक्रमहरु सबै शहरहरुका सोचे भन्दा राम्रो भएको बताए। उनले २०१४ मा आफूहरुले आयोजना गर्दा पाएको मह प्रतिको सम्मान यस पटक पनि देखिएको बताए। मह जोडीले अब न्युजिल्यान्डका दुई शहरमा आफ्नो प्रस्तुति दिनेछन्। १५ जुनमा अकल्याण्डमा र २२ जुनमा क्राईष्टचर्चमा महजात्रा आयोजना हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.