असारे विकास नगर्ने वगनासकाली

असारे विकास नगर्ने वगनासकाली

समय छँदै काम नसक्ने, हतपत र लतपत गर्दै सक्ने प्रवृत्तिले नेपालको विकासमा बाधा पु¥याएकै छ । आर्थिक वर्षको अन्तिम महिना असार जब लाग्छ, तबतब विकासका काम धमाधम गर्न खोजिन्छ वा गरेको जस्तो पारिन्छ र त्यस्तै लतपत भएका कामको भुक्तानी पनि हुन्छ । यस्तो प्रवृत्ति असारे विकासका नाममा बदनामित छ । पाल्पाको वगनासकाली गाउँपालिका यसमा अपवाद देखिएको छ । यो पालिकाले यो वर्ष गर्नुपर्ने जति सबै काम सकेको छ । कुनै योजना बाँकी छैन, जुन हतारहतार असारमा सक्नुपरोस् र भुक्तानी दिनुपरोस् । काम पनि सकिएका छन् र भुक्तानी पनि सबै । सबै योजना पनि जेठमा होइन, वैशाखमै सकिएका हुन् । 

वगनासकालीले कसरी सक्यो त सबै काम ? उपभोक्ताहरूसँग मिलेर सम्पन्न योजनामात्रै चार सय वटा थिए । तिनलाई चैतभित्रै सक्ने सम्झौता जो थियो । ती त्यसैअनुसार फत्तै भए । ठेक्कापट्टामा लगाएका १६ वटा योजना थिए । तिनलाई वैशाख १५ भित्र सक्ने सम्झौता थियो । ती पनि सकिए । सबै वडामा उपभोक्तासँगका काममा प्राविधिक खटाएर पालिकाले बेलैमा काम गर्न सकेको छ । यो एउटा उदाहरण भएको छ कि पालिकाहरूले चाहँदा बेलामा काम गर्न सकिन्छ । ठेक्कापट्टामा पनि म्याद सकिएपछि फेरि समय थप्ने रोग पनि यहाँ लागेन । 

प्रदेश र संघ सरकारहरूका थुप्रै काम भने अझै पनि सकिएका छैनन् । धमाधम जेठ असारतिर आएर मात्रै तात्ने प्रवृत्ति छ । भुक्तानी असारमै धेरै हुन्छ । एउटा पालिकाले काम गर्न सक्छ भने प्रदेश र संघले नसक्ने भन्ने कुरै होइन । र देशभरका अरू पालिकाहरूले पनि गर्न सक्छन् । तर काम गर्ने तौरतरिका पनि छैन र अन्तिमअन्तिममा आएर काम सक्दा जस्तो गरे पनि हुने अनि भुक्तानी दिने र लिने गर्ने नियत पनि असारे विकासको मुख्य कारण हो । योजनाहरूको बेलामा सम्झौता गर्ने, नियमित अनुगमन गर्ने र काम सक्न ताकेता गर्ने हो भने असम्भव भन्ने हुँदैन । तर धेरैभन्दा धेरै टुक्रे योजना राख्ने, प्राविधिक जाँच गर्नै नभ्याउने आदि कारण पनि असारे विकासका कारण हुन् ।

असारे विकासले वास्तवमा देशको धनको विनाशमात्रै गरेको छ । उपलब्धिमूलक विकास हुन सकेको छैन । विसका र समृद्धिका लागि बेलामा काम गर्ने र गुणस्तरीय काम गर्ने बानीको जरुरी छ । वगनासकाली गाउँपालिकाबाट देशभरका सरकारले सिक्न जरुरी छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.