गर्मी छल्न जाने होइन त ‘ठोरी’?

गर्मी छल्न जाने होइन त ‘ठोरी’?
तस्बिर : क्रान्ति शाह

वीरगन्ज : विगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ । वीरगन्ज,कलैया र यस आसपासका क्षेत्रको तापक्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस आसपास क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढि मापन भइरहेको छ ।

प्रचण्ड गर्मी अनि तातो हावा चल्दै आएका कारण वीरगन्ज र यस आसपास क्षेको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मीले आकुलव्याकुल हुँदा वीरगन्ज, कलैयालगायतका सहरी क्षेत्रका मानिस गर्मी छल्न मकवानपुरको त्रिखण्डी पुग्ने गरेका छन् ।

तर, वीरगन्ज,कलैया र यस आसपासका मानिसका लागि गर्मी छल्न र घुमफिर गर्न अब पर्साको ठोरी पनि नयाँ गन्तव्य बन्दै गइरहेको छ । हुलाकी सडक बनेपछि वीरगन्ज,कलैयालगायतका क्षेत्रका स्थानीय घुमफिर गरी रमाइलो गर्न र गर्मीका बेला शीतलताको आनन्द लिन अचेल ठोरी जान थालेका छन् । 

मधेस प्रदेशकै मुख्य पर्यटकीय स्थलका रुपमा स्थापित हुँदै आएको ठोरीमा प्राकृतिक रुपमा निक्कै मनोरम छ । कलकल पानी बग्ने आधा दर्जन भन्दा बढी खोला, हरियाली जंगल र पहाडले सिंगारिएको ठोरीमा पुग्ने जोकोही पनि आनन्दित हुन्छन् । 

यसअघि वनभोज खान र घुम्न पुग्ने भारतीयले दिनहुँ भरिभराउ हुने गरेको ठोरीस्थित अमृतधारा पार्कमा अचेल वीरगन्ज,कलैया ,परवानीपुर, जितपुरलगायतका स्थानबाट पनि पुगेकाहरूको चहलपहल देख्न पाइन्छ । ठोरी घुम्न पुग्नेहरु सेतो पहाडसँगै टाँसिएरै रहेको ठुटे खोलाको चिसो पानीमा नुहाएर रमाउँदै आएकोमा अब ठोरीमै चिसो अनि कलकल पानीमा नुहाउनका लागि अर्को मनोरम तालु खोलापनि आर्कषणको केन्द्र बन्न थालेको छ । 

ठोरीस्थित मध्यवर्ती वनभित्र रहेको रानी वन वनभोज पार्क छेउमै रहेको तालु खोलामा अचेल गर्मी छल्न नुहाउन पुग्नेहरुको संख्या बढ्दै गएको छ । मानवबस्तीबाट करिब ५ सय मिटरभित्रको जंगलबिचमा बगिरहेको तालु खोलामा अहिलेको गर्मीका बेला पुगेर नुहाउँदा मनै शीतलो हुन्छ । 

ठोरी बजाार क्षेत्रका होटल व्यवसायी रामशरण लमिछाने भन्छन्,‘पहिले पहिले ठोरीममा घुम्न आउनेहरु ठुटे खोलामा नुहाएर रममाइलो गर्थे । तर, अहिले नुहाएर रमाइलो गर्ने अर्को गन्तव्य तालु खोला पनि बन्दै गएको छ ।’ठोरीमा घुम्न जानेहरूका लागि रमाउने अन्य प्राकृतिक गन्तव्यहरुपनि थुप्रै छन् ।ती हुन् –रेडहिल पार्क , गोले डाँडा, झोलुङ्गे पुल,रानीवन पार्क,अमृतधारा पार्क ,गणेशमान सिंह पार्क इत्यादि ।

हुलाकी सडक बनेर ठोरी घुम्न आउने भारतीयसँगै आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गएपछि ठोरीमा खानपान र बास बस्नका लागि होमस्टेसँगै सुविधासम्पन्न होटल र रेष्टुरेण्टहरु पनि खुल्न थालेका छन् । तीनै मध्येको एक हो– ठोरी जंगल रिसोर्ट । 

स्थानीय चारजना युवा उद्यमीले मिलेर सगोलमा सञ्चालनमा ल्याएको ठोरी जंगल रिसोर्ट पनि ठोरी घुम्न र रमाइलो गर्न पुग्नेहरूका लागि अर्को एक आकर्षणको केन्द्र बन्दै गएको छ ।

ठोरी–२ इच्छानगरमा करिब तीन बिघा क्षेत्रफलमा करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालित उक्त रिसोर्टमा अचेल आन्तरिक र बाह्य पर्यटकको चहल पहल राम्रै देखिन्छ। उक्त रिसोर्टमा एक रातमा ३० बढीलाई बास बस्न मिल्ने १० वटा सुविधासम्पन्न भिल्ला(कटेज) छन् भने एकैपटक १ सयभन्दा बढी पाहुनालाई खानपान गर्न सक्ने रेष्टुरेण्टपनि उपलब्ध छ । 

रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार नेपालको पर्सा,पर्सा, बारा, मकवानपुर,चितवन,काठमाडौंदेखि पाहुनाहरु आउने गरेका छन् । यसका साथै भारत बिहारको  रक्सौल,नरकटीयागञ्ज,मोतीहारी,बेतिया,मुजफरपुर पटनासम्मबाट पनि भारतीयहरू घुम्न र रमाइलो गर्न आउने गरेको उनले बताए । रिर्सोटमा आउने पाहुनाले चाहना राखेमा जंगल सफारीको व्यवस्था पनि गरिएको रिसोर्टका अर्का सञ्चालक धिर सिंह थापाले बतााए । 

nullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.