रामेछाप नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका श्रेष्ठ एमालेमा प्रवेश
![रामेछाप नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका श्रेष्ठ एमालेमा प्रवेश](https://annapurnapost.prixacdn.net/media/albums/naresh-babu-uml-entry_NN1jJBu30D_SLmHxgBs6m.jpg)
काठमाडौं : नेकपा माओवादी केन्द्रका रामेछाप नगरपालिकाका उपाध्यक्ष एवम् मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार रामेछाप नगरपालिका कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा श्रेष्ठ एमाले प्रवेश गरेको जिल्ला पार्टी सचिव प्रकाश कुमार कार्कीले जानकारी दिए।
कार्कीका अनुसार श्रेष्ठ २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको साझा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका थिए। स्थानीय तहको निर्वाचनमा नगरमा कांग्रेसले जितेको थियो भने एमाले दोस्रो र श्रेष्ठले २५९८ मत प्राप्त गरेर तेस्रो बनेका थिए। श्रेष्ठ नाम प्रतिनिधि सभाको समानुपातिकतर्फ समेत जिल्ला पार्टीले केन्द्रमा सिफारिस गरेको थियो।
श्रेष्ठलाई एमाले संगठन विभागका सचिव माधव ढुंगेल,बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरियालगायतका नेताहरूले स्वागत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)