पर्सामा पशु कार्यालयको भवन प्रहरीले डोजर लगाएर भत्कायो, स्थानीयबासीसँग झडप

पर्सामा पशु कार्यालयको भवन प्रहरीले डोजर लगाएर भत्कायो, स्थानीयबासीसँग झडप

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका-२ गदियानीमा सञ्चालनमा रहेको कृषि तथा पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काउने क्रममा प्रहरी र स्थानीयबासीबिच झडप भएको छ।

प्रहरीले डोजर लगाएर भवन भत्काउने क्रममा प्रतिकारमा उत्रिएका स्थानीयबासीसँग झडप भएको हो। झडपका क्रममा प्रहरीले स्थानीयबासीमाथि लाठी चार्ज पनि गर्दा २ जना सामान्य घाइते भएका छन्। झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै घरभित्रै पसेर महिला लगायतलाई कुटपिट पनि गरेको आरोप स्थानीयको छ।  
 

nullगदीयानीस्थित सार्वजनिक पोखरीको १० धुर जग्गामा करिब डेढ दशक पहिले तत्कालीन सात दलको निर्णयमा ब्रिलियन्ट क्लबले कार्यालय सञ्चालनका लागि एक तल्ले भवन बनाएको थियो। भवन निर्माण भएलगत्तै स्थानीय राजुल सहनीले सार्वजनिक जग्गामा भवन निर्माण गर्ने ब्रिलियन्ट युवा क्लबविरुद्ध पर्सा जिल्ल अदालतमा मुद्धा दिएका थिए। उक्त मुद्धामा जिल्ला अदालतले क्लबको पक्षमा फैसला गरेपछि उक्त फैसला विवरुद्ध सहनीले तत्कालीन पुननरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेको थियो। पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्ट्याँउदै सहनीको पक्षमा फैसला गरेपछि क्लब सर्वोच्च अदालतमा पुगेको थियो। तर सर्वोच्च अदालतले भने पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै सार्वजनिक पोखरीको जग्गामा बनाइएको उक्त भवन भत्काएर सार्वजनिक कायम गर्न फैसला गरेको थियो। 

त्यसपछि क्लबले उक्त भवन गाउँपालिकालाई जिम्मा लगाएको थियो। क्लबले जिम्मा लगाएपछि गाउँपालिकाले पालिकास्तरीय निर्णय गरेर उक्त भवनमा करिब डेढ वर्षदेखि पशु तथा कृषि उपशाखा कार्यालय सञ्चालनमा ल्याएको थियो। यसका साथै गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ताले उक्त भवन पालिकाको स्वामित्वमा आइसकेकाले पालिकाले आफ्नो संरक्षणमा राखेर पशु तथा कृषि उपशाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारीसहितको निवेदन पर्सा जिल्ला अदालतमा दिएका थिए। 

nullतर शनिबार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहाल नेतृत्वको टोलीले डोजर लगाएर भवन  भत्काउने क्रममा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीसँग झडप भएको हो। स्थानीय सरकारसँग पनि समन्वय नगरी शनिबार बिहान अचानक डोजर लिएर आएको प्रहरीले गुण्डागर्दी शैलीमा भवन भत्काइदिएको क्लबका सचिव उमाशंकर साहको आरोप छ। उनले भने,‘भवन भत्काउन डोजरसहित आएको प्रहरीलाई गाउँका महिला,पुरुष,बृद्धबृद्धाले प्रतिवाद गर्न खोज्दा प्रहरीले अन्धाधुन्द लाठी चलायो। घरघरमै पसेर प्रहरीले महिलालाई कुटपिटपनि गर्यो। दुई जना घाइतेपनि भएका छन्।’

गाउँपालिका अध्यक्ष गुप्ताले भने पालिकासँग कुनै समन्वय नै नगरी जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर जबरजस्ती भवन भत्काएको बताए। गाउँपालिकाको स्वामित्वमा रहेको भवन भत्काउनु पूर्व पालिकामा कुनै पनि निकायबाट पत्रसमेत नआएको र आधिकारीक रुपमा खबर पनि नगरिएको उनले बताए। पशु कार्यालय सञ्चालनमै रहेको अवस्थमा प्रहरीले डोजर लगाएर भवन भत्काउँदा भवनभित्र रहेका फर्निचर, उकरण , औषधि लगायतका गरि करिब १० लाख रुपैयाँको क्षति भएको पनि उनले बताए। 

nullशुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आफूलाई बोलाएर छलफल गर्ने क्रममा आफूले उक्त भवन नभत्काउन आग्रह पनि गरेको भन्दै गुप्ताले भने, ‘छलफलमा सिडिओ साबले अदालतको फैसला कार्यान्न्वयन गर्नैपर्छ भन्नुभयो। त्यसपछि मैले पालिकासँग समन्वय गरेर मात्रै अगाडि बढ्नु होला भनेर भनें। तर शनिबार बिहान उहाँले मलाई खबरै नगरी अचानक प्रहरी र डोजर पठाएर भवन भत्काउन लगाउनु भयो। अब म मुद्धा गर्छु।’

यता प्रमुख जिल्ला अधिकारी भुसालले भने आफूले अदालतको फैसला कार्यान्वयन गर्न मात्रै लगाएको बताए। सार्वजनिक पोखरीको जग्गा पूर्ववत् अवस्थामै कायम गराउनु भन्ने सर्वोच्च अदालतको फैसला आएको र सर्वोच्चको उक्त फैसला कार्यान्वयन गराउन शनिबार प्रहरी र डोजर पठाएर भवन भत्काइएको उनले बताए। भुसालले भने,‘शुक्रबार साँझ पालिका अध्यक्षज्यूलाई म आँफैले बोलाएर छलफल गरें। अदालतको फैसलाको कार्यान्वयनमा बाधक नबनिदिन आग्रह पनि गरें। तर उहाँले पुर्नविचार गर्नु होला भनेर जानुभयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.