रौतहटको छुट्टाछुट्टै स्थानमा दुई युवाको शव फेला

रौतहटको छुट्टाछुट्टै स्थानमा दुई युवाको शव फेला
सांकेतिक तस्बिर।

रौतहट : रौतहटमा छुट्टाछुट्टै ठाउँमा दुई युवकको शव फेला परेको छ। शनिबार अपराह्न एक  युवकको शव फेला परेको थियो भने आइतबार बिहान अर्का एक युवाको शव नदि किनारमा भेटिएको हो। 

 
गौर स्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको  थियो भने आज बिहान  राजदेवी नपा-५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा पानीले बगाइ ल्याएको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घरबाट शौच गर्न निस्किएक सहनीको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्। 

कुटपिट गरेर सहनीको हत्या भएको मृतकका दाइ सञ्जय सहनीले आरोप लगाएका छन्।  भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको उनको दावी छ। 

रौतहट राजदेवी नपा-५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा पानीले बगाइल्याएको  नाम, थर, वतन नखुलेको अन्दाजी २४/२५ वर्षीय युवकको शव पानीमा घोप्टो परी तैरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी निरीक्षक उमाशंकर प्रसादको टोलीले फेला पारेको थियो।
 
मृतकको मध्यान्नसम्म कुनै पहिचान नखुलेको र शवलाई  प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा  मृतकलाई चिन्न सक्ने व्यक्ति, आफन्त तथा परिवारका सदस्यहरुले  जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क अनुरोध गरेको छ।

दुवै युवकको मृत्यूको विषयमा अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.