परम्परागत रैथाने बाली ‘उवा’ भित्र्याउँदै मुस्ताङी (फोटोफिचर)

परम्परागत रैथाने बाली ‘उवा’ भित्र्याउँदै मुस्ताङी (फोटोफिचर)

जोमसोम : यतिबेला मुस्ताङीलाई परम्परागत रैथाने बाली उवा थन्क्याउन यतिखेर मुस्ताङलाई भ्याइनभ्याई छ। यतिखेर मुस्ताङीको खेतबारीमा उवा पाकेर पहेँलै भएको छ। 

मुस्ताङको तल्लो क्षेत्र अन्तर्गत वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका किसानलाई आफूले उत्पादन गरेको उवा धमाधम खेतबारीबाट काटेर थन्क्याउन व्यस्त छन्। उवा थन्क्याउनु अघि काटेर २ दिनसम्म घाममा सुकाएपछि किसानले उवाको बालाबाट केस्रा छुट्याएर उवा घरमा भित्र्याउँछन्।

हिमाली चिसो हावापानीमा उत्पादन हुने यहाँको उवा र जौ खेतीले यहाँको धार्मिक तथा सांस्कृतिक परम्परालाई जोगाउन ठुलो योगदान पुगेको छ। गहुँ प्रजातिको उवालाई स्थानीय भाषामा करुने र अंग्रेजीमा केक्ड बाली भन्ने गरिन्छ। समुन्द्री सतहको १ हजार ९८४ मिटर उचाइदेखि ३ हजार ९०० सय मिटरको उचाइमा उवा खेती गरिन्छ। मुस्ताङीले उवा खेती सदियौंदेखि निरन्तर अपनाउँदै आइरहेका छन्। 

उपल्लो मुस्ताङमा एकबाली मात्र हुने भएकाले उवा खेती  चैत्र-वैशाख महिनामा खेतबारीमा बिउँ छरेर भाद्र-असोज महिनामा थन्क्याउने गरिन्छ। तल्लो मुस्ताङमा मंसिरमा खेतबारीमा बिउ छरेर असारको पहिलो हप्तामा मात्र खेतबारीबाट काटेर घरमा थन्क्याउने गरिन्छ।

तल्लो मुस्ताङमा रैथाने बाली जौ थन्क्याएपछि रैथाने बाली उवा थन्क्याउने सिजन सुरु हुने घरपझोङ-३ का किसान बिनोद थकाली बताए। पछिल्लो समय आलु र तरकारी बालीमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि रैथाने बाली उवा र जौ खेतीतर्फ किसानहरु ढल्किन थालेको उनले जनाए। 

उनले सडक यतायात सहज भएसँगै उवा र जौको माग हुने गरेकाले किसानले यसको मूल्य राम्रो पाउन थालेको किसान थकालीको भनाइ छ। मौसम परिवर्तनसँगै वर्षा हुन थालेपछि मुस्ताङमा फौजी किराको प्रकोपले उवा र जौ बालीमा समेत असर पार्न थालेको किसान थकालीको भनाइ छ।

बौद्ध धर्मको बाहुल्यता रहेको यस क्षेत्रमा धार्मिक अनुष्ठान, काजक्रिया र विभिन्न चाडपर्वहरुमा उवा र जौको प्रयोग हुन्छ। मुस्ताङीले उवा र जौलाई भुटेर सातु बनाउँछन् भने कतिपयले छ्याङ र रक्सी बनाउन प्रयोग गर्छन्। हिमाली जिल्लाको उच्च उचाइमा उत्पादन हुने उवा र जौको परिकार स्वस्थ्यवर्द्धक र निकै पोषिलो हुने गर्छ।

गत आर्थिक वर्ष मुस्ताङमा १३० हेक्टरमा लगाएको उवा खेतीबाट  २८६ मेट्रिक टन उवा उत्पादन भएको थियो। यसैगरी ४४ हेक्टर क्षेत्रफलमा लगाएको जौ खेतीबाट ८२ मेट्रिक टन जौ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.