श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
![श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_TICnfAMwgx_wazAG7C0BF.jpg)
रौतहट : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। राजपुर नगरपालिका-५ मदनी चौक घर भएका ३४ वर्षीय मसुद आलम लहेरीले आफ्नो जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले हत्या गरेको खुलेको हो। उनलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी गिरीले बताइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)