लुटपाट गरेको आरोपमा भारतीय युवक पक्राउ
रौतहट : लुटपाटमा संलग्न रहेको आरोपमा भारतीय नागरिक बन्दुक र गोली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी एलिजा गिरीका अनुसार मंगलबारभारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला घोडासहान थाना, ग्रामपंचायत बसवरिया-२ का २० बर्षिय मोनुकुमार जयसवाल पक्राउ परेका हुन्। ।
भारत विहार पूर्वी चम्पारण जिल्ला घोडासहानमा सक्रिय रहेका बाबा ग्याङ नामको आपराधिक समूहका सदस्यलाई असार २ गते मौलापुर नगरपालिका क्षेत्रबाट अवैध बन्दुक र गोलीसहित पक्राउ गरिएको कार्यालयले जनाएको छ।
जेठ २२ गते मौलापुर नगरपालिका-६ पथरा बुधराम स्थित सडक खण्डमा रहेको माँ बचत तथा ऋण सहकारी संस्थामा कलेक्सनको काम गर्ने बौधिमाई नगरपालिका-८ बस्ने २४ वर्षीय अरबिन्द कुमार दासले १७ लाख रुपैयाँ झोलामा राखेर मौलापुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नका लागि जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो।