मुस्ताङको विकट गाउँ साङ्तामा स्वास्थ्य शिविरसहित राहत वितरण

मुस्ताङको विकट गाउँ साङ्तामा स्वास्थ्य शिविरसहित राहत वितरण

जोमसोम : मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा स्वास्थ्य शिविरसहित राहत सामग्री वितरण गरिएको छ। नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा बुधबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ साङ्ता गाउँका स्थानीय १३ घरधुरीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन तथा राहत सामग्री  वितरण गरिएको हो। 

संघले विकटको साङ्ता गाउँका १३ घरधुरी परिवारलाई १५ थान न्यानो कपडा ब्ल्याङकेट वितरण गरिएको छ। संघले साङ्ता गाउँको समाज घरको छानो छाउन २४ वटा जस्तापाता समेत वितरण गरेको छ।

पोखराबाट ढुवानी गरी ल्याएको न्यानो कपडा  ब्ल्याङ्केट र जस्ता पाताहरु गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र श्रीमती संघका पदाधिकारी लगायतको टोलीले संयुक्त रुपमा हस्तान्तरण गरेको हो।

यसअघि नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा साङ्ता गाउँमा पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो शिविरको स्वास्थ्य परीक्षणमा  मुस्ताङ अस्पतालमा कार्यरत स्टाप नर्स सुधा पौडेल खटिएकी थिइन्। स्वास्थ्य शिविरमा साङ्गा गाउँका २२ जना लाभान्वित भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.