कालीगण्डकी हामफालेर बेपत्ता भएका युवाको शव फेला

कालीगण्डकी हामफालेर बेपत्ता भएका युवाको शव फेला

जोमसोम : मुस्ताङको कालीगण्डकी नदीमा हामफाली बेपत्ता भएका युवाको शव २१ घण्टापछि फेला परेको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता युवाको शव थासाङ गाउँपालिका-१ टुकुचे गाउँमाथि चिमाङ जाने झोलुङ्गे पुलको नजिकको बगरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बुधबार राति करिव ९ बजेको समयमा रोल्पा जिल्ला थवाङ गाउँपालिका-५ दाङसखा घर भई थासाङ गाउँपालिका-१ टुकुचेमा ज्याला मजदुरी गरी बस्ने २२ वर्षीय युवा रिसन पुन घरपझोङ-२ मार्फा खोला नजिक घुम्ती सडकबाट कालीगण्डकी नदीमा हामफालेर बेपत्ता भएका थिए। बर्खायामको मौसम भएको र कालीगण्डकी नदीको सतह ठूलो भएकाले बेपत्ता युवाको शव फेला पार्न मुस्किल परेको थियो। 

बिहीबार बिहानैदेखि ३ वटै सुरक्षा निकायको टोलीले बेपत्ता युवाको खोजतलास गर्दा २१ घण्टापछि शव भेटिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। सुरक्षाकर्मीले बेपत्ता युवाको शव नदीबाट बाहिर निकालेर घटनाको विवरण संकलन तथा मुचुल्का गर्दै गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.