आगलागीबाट बुटवलको डेल्टा मार्टमा ५० करोडको क्षति भएको सञ्चालकको दावी

आगलागीबाट बुटवलको डेल्टा मार्टमा ५० करोडको क्षति भएको सञ्चालकको दावी
आगलागी भएको बुटवलको डेल्टा मार्टको भवन। तस्बिर : अन्नपूर्ण

बुटवल : आगलागीले ध्वस्त भएको बुटवल उपमहानगरपालिका- ८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालकले दावी गरेका छन्। मार्टका सञ्चालक घनश्याम पाठकले आगलागीबाट ५० करोड बढीको क्षति भएको बताए।

बिहीबार साँझ ६ बजेदेखि लागेको आगो आठ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । विद्युत्त सर्ट भएर मार्टको चार तलामा आगो लागेको थियो । नियन्त्रणमा लिन नसकेपछि भूँइतलासम्मै आगो सल्किएर भित्रका सवै सामानहरू जलेर नष्ट भएका छन् । 
मार्टभित्र शैक्षिक सामग्री, जुत्ताचप्पल, लत्ताकपडालगायतका 

थिए ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासहित छिमेकी जिल्लाका दमकलहर पनि प्रयोग भएका थिए । तर, मार्टको क्षति जोगाउन सकिएन् । दमकल, प्रहरी, नेपाली सेना, शसस्त्र र स्थानीयबासीको सक्रियताले घनाबस्तीकै बीचमा लागेको आगो अन्यत्र फैलिन पाएन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका,सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा नगरपालिका,नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट गरी कूल १३ वटा दमकल आगो नियन्त्रणमा प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए । 

पाँच वर्ष अघिदेखि सञ्चालन गरिएको मार्टमा दुई सय जना बढीले प्रत्यक्ष रोजगारी पाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.