मधेसमा २०.२७ प्रतिशत गरिब

मधेसमा २०.२७ प्रतिशत गरिब

जनकपुरधाम : मधेसको आठ जिल्लामा गरिबीको दर राष्ट्रिय औसतको तुलनामा २०.२७ प्रतिशत रहेको छ। मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले सार्वजनिक गरेका जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार समग्रमा मधेसमा गरिबीको दर राष्ट्रिय औसतको २०.२७ प्रतिशत छ। 

जसमध्ये मधेस ग्रामीण क्षेत्रमा २४.९६ प्रतिशत गरिबी दर छ भने मधेस सहरी क्षेत्रमा २१.७१ प्रतिशत गरिबी दर छ। गरिबीका कारण यहाँ वैदेशिक रोजगारीप्रति बढी आकर्षण देखिन्छ। मधेसमा १ लाख ४ हजार ६ सय जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ।

मधेसमा २०८० फागुनसम्म ७ सय १ रोजगारदाता प्रतिष्ठानका २२ हजार ६ सय ३५ श्रमिक योगदानकर्ता सामाजिक सुरक्षामा सूचीकृत भएका छन्। आव २०८०/८१ को समीक्षा अवधिमा ६६ रोजगारदाता प्रतिष्ठान र २ हजार १ सय ८६ श्रमिक योगदानकर्ताहरू कोषमा आबद्ध छन्। मधेसमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आव २०७९/८० मा १ हजार ४ सय ४९ आयोजनाहरू कार्यान्वयनबाट १२ हजार ७ सय १० जनाले रोजगारी प्राप्त गरेको देखिन्छ।

आव २०७९/८० को असार मसान्तमा मधेसको प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी, फलफूल र मसला) ले ढाकेको भू–क्षेत्रफलमा आव २०७८/७९ को तुलनामा १ प्रतिशतले घटी ११ लाख ५० हजार ५ सय ७५ हेक्टर पुगेको छ। आव २०७९/८० मा मधेसको समग्र कृषि बालीहरूको कुल उत्पादनमा आव २०७८/७९ को तुलनामा ५.६१ प्रतिशतले ह्रास आई ६० लाख ९ हजार ८ सय १७ मेट्रिकटन पुगेको अर्थमन्त्री साहले प्रस्तुत गरेका तथ्यांकमा उल्लेख छ। 

आर्थिक वर्ष २०७९/८० मा धान, मकै, गहुँ, आलु, तेलहन र दलहनको उत्पादनमा क्रमशः ०.१८ प्रतिशत, १५.०८ प्रतिशत, १०.७१ प्रतिशत, २.६५ प्रतिशत. १५.४७ प्रतिशत र १९.३५ प्रतिशतले वृद्धि भएको छ। यस्तै कोदो, जौ, उखु र सुर्तीको उत्पादनमा क्रमशः १८.८३ प्रतिशत, ०.१५ प्रतिशत, ३३.१८ प्रतिशत र २०.५२ प्रतिशतले ह्रास आएको छ। 

मधेसमा आव २०७९/८० मा तरकारी तथा बागवानीको उत्पादन ९.८८ प्रतिशतले वृद्धि भई १२ लाख ७१ हजार ८ सय ५५ मे.टन पुगेकोमा फलफूलको उत्पादनमध्ये केराको उत्पादन आव २०७८/७९ को तुलनामा ५७.७० प्रतिशतले वृद्धि भएको छ भने आँपको उत्पादनमा २६.१३ प्रतिशतले ह्रास आएको छ।

समग्रमा मधेस प्रदेशमा आव २०७९/८० मा मसला तथा अन्यको उत्पादनमा १०४.७९ प्रतिशतले वृद्धि भएको छ भने आव २०७८/७९ मा १.०२ प्रतिशतले ह्रास आएको छ। मधेस प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दूधको उत्पादनमा १.७० प्रतिशत, मासुको उत्पादनमा १.३७ प्रतिशत, अन्डाको उत्पादन १.८८ प्रतिशत, ऊन उत्पादन ०.८४ प्रतिशत र माछाको उत्पादनमा ५.२७ प्रतिशत वृद्धि भएको छ।

मन्त्री साहले प्रस्तुत गरेको सर्वेक्षणमा मधेसमा २०७९/८० मा कुल दूध उत्पादनमध्ये सिराहामा सबैभन्दा बढी २०.२५ प्रतिशत र धनुषामा सबैभन्दा कम ६.४० प्रतिशत छ। नेपालको कुल वन क्षेत्रमध्ये मधेस प्रदेशमा ३.९ प्रतिशत वन क्षेत्र छ भने मधेस प्रदेशको कुल क्षेत्रफलको २४.७८ प्रतिशत वन क्षेत्र छ।

यस्तै मधेसमा जलविद्युत् उत्पादन हालसम्म २५ मेगावाट पुगेको छ। पेट्रोलियम पदार्थको भण्डारण क्षमताको हिसाबले प्रदेशगत रूपमा मधेसमा सबैभन्दा बढी २४ हजार ४ सय किलोलिटर छ भने देशभर कुल क्षमताको ३०.५० प्रतिशत छ। मधेसमा अवस्थित कुल परिवार संख्यामध्ये सबैभन्दा धेरै ६ लाख ७७ हजार ७ सय ३२ परिवारले काठ, दाउरा र सबैभन्दा कम ३ सय ३ परिवारले मट्टीटेल इन्धनका रूपमा प्रयोग गर्छन्।

मधेसमा अवस्थित कुल परिवारमध्ये ९८ प्रतिशत परिवारले बत्ती बाल्न बिजुली प्रयोग गर्छन्। हरेक जिल्लाका न्यूनतम ९७ प्रतिशत परिवारले बत्ती बाल्न बिजुली र इन्धनको प्रयोग गर्छन्। प्रदेशको खानेपानीको मुख्य स्रोत ट्युबवेल र पाइप प्रणालीमध्ये ४८ प्रतिशतले खानेपानीका लागि ट्युबवेल/हातेपम्पको प्रयोग गर्छन्। कुल ८ लाख ३० हजार २ सइ १९ ट्युबवेल/हातेपम्पको प्रयोग भइरहेको छ। खानेपानीका लागि नदी/खोलामा आश्रित परिवार संख्या ७ सय २९ छ। मधेस अवस्थित कुल परिवार संख्यामध्ये खानेपानीका लागि ट्युबवेल र पाइपमा आश्रित परिवार संख्या सबैभन्दा धेरै सप्तरी र सबैभन्दा कम बारा जिल्लामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.