श्रोत नखुलेको १५ लाख नगद बरामद

श्रोत नखुलेको १५ लाख नगद बरामद

रौतहट : सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाको टोलीले श्रोत नखुलेको १४ लाख ८० हजार नेपाली नोटसहित भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोटरसाइकल चालक भारतको र्वी चम्पारण मोतिहारी झरोखर-७ जमुनियाका ३१ वर्षीय गजेन्द्र राय रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटले र १४ लाख ८० हजार श्रोत नखुलेको नेपाली रुपैयाँ बरामद गरेको हो।

६ गते अन्दाजी १० बजेको समयमा बौधिमाई नगरपालिका-७ अंकुलस्थित भन्सार गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमुजवाबाट खटिएको  टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बि ६२१२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई  राखेको श्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित उनलाई पक्राउ गरेको हो। 

आवश्यक कारबाहीका लागि नगद, मोटरसाइकल र मानिस   गौर भन्सार कार्यालय मा बुझाउँदा मोटरसाइकलको मूल्य दुई लाख र नेपाली रुपैया चौध लाख असी हजार गरी जम्मा भन्सार मूल्य १६ लाख ८० हजार कायम भएको  सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंले बताए।

बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कानुनी कारबाहीको लागि गौर भन्सारमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईंले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.