विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने?

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने?

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए-२१) परिपूरण बैठकको समापन गरेका छन्। 

चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन्। बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गरेका थिए। मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरू सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए। 

दसकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आइडीए मुलुकहरूका लागि बैठक उपलब्धिमूलक भएको उल्लेख गरे। बैठकले संसारभरबाट गरिबी र अविकाश अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिए । ‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरूका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौं भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्दछु’, उनले भने, ‘तपाईंहरूले अविकसित मुलुकहरूका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ।’ 

बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरु विकास सझेदारहरूबाट विकास वित्त  प्राप्त गर्दै आएका आइडीए मुलुकहरू र ऋण दाता मुलुकहरूका लागि खुसीको विषय भएको मन्त्री पुनले  बताए । आइडीए मुलुकहरूलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्न लायक  बनाउन बैठकले निकालेका निस्कर्ष प्रभावकारी हुने विश्वास उनको थियो। उनले धेरै आईडीए मुलुकहरूले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औंल्याए  

उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए। ‘यी चुनौतीहरूका कारण विकास सहायता र अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताको प्रतिबद्धता माग गर्दछ’, उनले भने। उनले आइडीए मुलुकका जनताका लागि विद्युत पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख गरे। मन्त्री पुनले जलवायु परिवर्तन, लैङ्गिक असमानता, गरिबी अन्त्यजस्ता एजेण्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.