सडकमा सुक्खा पहिरो गइरहने समस्याले नागरिकलाई सास्ती

सडकमा सुक्खा पहिरो गइरहने समस्याले नागरिकलाई सास्ती

हुम्ला : कर्णाली करिडोर अन्तरगर्त सर्केगाड गाउँपालिका-१ को कच्ची सडक सधैँ भासिँदा नागरिकहरूले सास्ती खेप्न बाध्य छन्। बेलाबेला सुक्खा पहिरो गइरहने समस्या भएपछि नागरिकहरूले सास्ती खेप्दै आएका हुन्।

हिउँदमा सुक्खा पहिरो र बर्खामा पानी पर्दा पहिलो आवतजावतमा सास्ती खेप्न बाध्य भएको सर्केगाड गाउँपालिका १ का दिलबहादुर कार्कीले जानकारी दिए।

सडक पहिरो पुरेपछि सुर्खेत, नेपालगञ्ज, र हुम्लाबाट आउजाउ गर्न सवारी बीच बाटो रोकिने गरेको कार्कीले बताए। नेपालगञ्ज,सुर्खेतबाट आउजाउ गर्न ट्रक, ट्याक्टर, बोलेरो जीपलाई समस्या हुने गरेको कार्कीको भनाइ छ।

कर्णाली करिडोर खण्डको कच्ची पहिरो जाने समस्या भएपछि जहिल्यै पनि सास्ती हुने गरेको ताजाँकोट गाउँपालिका-३ का तिलकबहादुर शाहीले दुखेसो गरे। ‘सडक खण्ड पहिरो गएपछि आउजाउ गर्न सारै बेजोक छ,’ शाहीले भने। यसको विकल्पमा सडक विभागले केही सोच्न जरुरी भएको शाहीको भनाइ छ।

हिउँदमा सुक्खा पहिरोले सडक अवरुद्ध बर्खा पानीले सडक अवरुद्ध हिजोआज झनै सडकको अवस्था नाजुक भएको शाहीले भने। सडक विभागले कच्ची सडक खण्डको क्षेत्रमा मर्मत कार्य राम्रो नगरेपछि यातायातका साधन देखि नागरिकलाई आउजाउ गर्न सास्ती खेप्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.