फोहोरमैला व्यवस्थापन पहिलो प्राथमिकता

फोहोरमैला व्यवस्थापन पहिलो प्राथमिकता
फाइल तस्बिर।

मुस्ताङ भ्रमण गर्ने पर्यटकको केन्द्र हाम्रै गाउँपालिका भएकाले पर्यटकलाई कसरी आकर्षित गर्नेतर्फ लागिरहेका छौं। वातावरणको रक्षा गर्दै पालिकालाई कसरी स्वच्छ, सफा र सुन्दर राख्न निरन्तर लागिपरेका छौं। वातावरण सफा भएमात्र यहाँको धार्मिक, सांस्कृतिक र जैविक विविधताको संरक्षण हुन्छ भन्ने हाम्रो बुझाइ हो।

हामीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि र ऐन निर्माण गरेका थियौं। जथाभावी फोहोरमैला मिल्काउनेलाई आवश्यक दण्ड सजाय हुने गरी कानुन बनायौं। सर्वप्रथम त फोहोरमैला व्यवस्थापन गर्न नागरिक नै सुसूचित हुनुपर्छ। हामीले गरेको फोहोरले हामीलाई नै क्षति तुल्याउँछ भन्ने नागरिकमा चेतनाको विकास नभएसम्म हामीले बनाएको कार्यविधि र ऐनले मात्र काम गर्दैन।

कार्यविधि निर्माण गरेपछि हामीले सिसाको बियर ल्याउन प्रतिबन्ध लगायौं। यसले बियरको बोतल आयातमा निकै कमी ल्यायो। यद्यपि पूर्णरूपमा नियन्त्रण भइसकेको छैन। अन्य सिसाजन्य पदार्थहरू पालिकामा भित्र्याउन नदिने अभियानमा लागेका छौं। सिसाजन्य पदार्थले नागरिकमा मानवीय जोखिम निम्त्याउँछ। यसले वातावरणलाई प्रदूषित बनाउने र यसले मानव स्वास्थ्यसमेतलाई प्रतिकूल असर पुर्‍याउँछ। यो कुरा जनता माझ बुझाउन आवश्यक छ। हामी निरन्तर यही अभियानमा छौं।

फोहोरमुक्त पालिका बनाउन हामीले जैविक तथा अजैविक फोहोरलाई कसरी सदुपयोग र व्यवस्थापन गर्ने भन्ने पक्षमा लागेका छौं। कुहिन सक्ने जैविक फोहोरलाई प्राविधिक ढंगले कुहाएर कम्पोस्ट मल बनाउन पाँचवटै वडामा तालिम चलायौं। अजैविक फोहोरलाई जिल्लाबाहिर निकासा गर्नेतर्फ पहल भइरहेको छ। 

पालिकाले फोहोर संकलन केन्द्र पनि स्थापना गरिसकेको छ। 

गाउँपालिकाले यसबारे विभिन्न तालिमका साथै नागरिक सचेतनासमेत गर्नेछ। एक्यापले फोहोर व्यवस्थापनमा हामीसँग सहकार्य गर्ने भएको छ। गाउँपालिकाले फोहोर व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गरेकाले जनतालाई राम्ररी बुझाएपछि मात्रै कानुन कार्यान्वयन गर्नेतर्फ अघि बढ्नेछौं।

(लालचन घरपझोङ गाउँपालिका, मुस्ताङका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.