माछा मार्न गएका शिक्षकको बाढीले बगाएर मृत्यु

माछा मार्न गएका शिक्षकको बाढीले बगाएर मृत्यु

जाजरकोट : माछा मार्न गएका शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका-१ तारेचौर स्थित चैयाँ खोलामा माछा मार्ने क्रममा कालिका माविका शिक्षक ईन्द्र बहादुर रोकायाको मृत्यु भएको हो।

जाजरकोट कुशे-९ का ३८ वर्षीय शिक्षक रोकायालाई खोलामा माछा मार्ने क्रममा गएराती ११ बजेतिर एक्कासी आएको बाढीले बगाएपछि मृत्यु  भएको हो ।  त्यस्तै बाढीका कारणले अन्य ६ जना घाइते भएका छ्न्।  

घाएतेलाई उद्धार गरी उपचारको लागि ३ जनालाई नेपालगन्ज पठाइएको  छ । अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

घाइतेहुनेमा स्थानीय २८  वर्षीय गोबिन्द रावत, २०  वर्षीय दिपक चलाउने, ३४  वर्षीय खिम बहादुर शाही, २६  वर्षीय पृथ्वी शाहि, ३४  वर्षीय राजु शाहि, २७ वर्षीय जीवन जैसी घाइते रहेका प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.