महेन्द्र पुलिस क्लबको हेलचेक्र्याईं, स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

महेन्द्र पुलिस क्लबको हेलचेक्र्याईं, स्विमिङ पुलमा डुबेर युवकको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं : काठमाडौंको प्रदशनीमार्गमा रहेको महेन्द्र पुलिस क्लबको स्विमिङ पुलमा युवकको मृत्यु भएको छ। असार ४ गते स्विमिङ गर्न पुलिस क्लब पुगेका रौनक शाक्यको डुबेर मृत्यु भएको हो। 

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दुर्घटनाबस प्रहरीको स्विमिङ पुलमा डुबेर मानवीय क्षति भएको बताए। उनी भन्छन्, 'घटनाको अनुसन्धान भैरहेको छ। मानवीय क्षति हुनुमा जसको गल्ति भए पनि कानुनी कारवाही हुन्छ।' 

मृतक रौनक शाक्यको आमा राजेश्वरी शाक्यले पुलिस क्लबको लापरवाहीको कारण छोराको मृत्यु भएको आरोप लगाएकी छन्। शाक्य भन्छिन्, 'रौनक भर्खर भर्खर स्विमिङ सिक्दै थियो। हामीले पुलिस क्लबमा अघिल्लो दिन नै गएर जानकारी गराएर, आवश्यक पैसासमेत तिरेर आएका थियौं। स्विमिङ सिकाउने र उद्धार गर्नका लागि ४ जना लाइफ गार्ड छन् भनिएको थियो। तर मेरो छोरा डुब्दै गर्दा लाइफ गार्डले किन देखेनन्? डुबेको ४ ⁄ ५ मिनेटमा मात्रै लाइफ गार्डले पानीबाट निकालेका छन्।' 

२४ सै घण्टा प्रहरीको निगरानीमा रहने स्विमिङ पुलमा दिउँसै डुबेर युवकको मृत्यु हुनुमा घटना शंकास्पद भएको रौनकका परिवारको दावी छ। घटनाको समयमा १५ ⁄ १६ जनाले उक्त स्विमिङ पुलमा स्विमिङ सिक्दै गरेको बताउँदै मृतककी आमा राजेश्वरी प्रश्न गर्छिन्, ‘मेरो छोरालाई मात्रै बेवास्ता किन गरियो। राजधानीको मुटुमै रहेको महेन्द्र पुलिस क्लबमा उद्धार नपाएर दिउँसै मेरो छोराले ज्यान गुमायो। यो घटनालाई सामान्य भन्न मिल्दैन। उसको मृत्युसँगै मेरो सबै कुरा सकियो। सन्तानको नाममा यही एउटा छोरा मात्रै थियो। हामी त पूरै सकियौं नि।' 

मृतक रौनकका परिवारले सत्यतथ्य छानविन हुनुपर्ने र महेन्द्र पुलिस क्लबले घटनाको जिम्मा लिनुपर्ने बताएका छन्। पुलिस क्लबले उक्त घटनालाई सामान्य सोचेर बेवास्ता गरेको परिवारको दाबी छ। 

मृतकका परिवारले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कानुन बमोजिमको कारबाही हु्नुपर्ने माग गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले सोच्दै नसोचेको घटना घटेको बताए। उनी भन्छन्, 'मानवीय क्षति हुनु सामान्य विषय हैन। के कति कारणले घटना घट्यो ? मृतकको पोस्टमार्टम रिपोटमा डुबेर मृत्यु भएको भन्ने छ। के कसको कमजोरीले घटना घट्यो अनुसन्धान भइरहेको छ। गल्ती गर्नेलाई सजाय हुन्छ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.