तिब्बतमा पक्राउ परेका दुई युवालाई खोजी गरिदिन प्रहरीमा निवेदन

तिब्बतमा पक्राउ परेका दुई युवालाई खोजी गरिदिन प्रहरीमा निवेदन

गोरखा : तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै घरपरिवारले प्रहरीमा निवेदन दिएका छन्। चुमनुब्री गाउँपालिका-७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केका परिवारले गत बिहीबार इलाका प्रहरी कार्यालय छेकम्पारमा निवेदन दिएका हुन्।

‘... गत वैशाख १७ गते यार्सागुम्बा टिप्न भनी भाज्यूपामा भन्ने लेकमा गएको तर बेलुका नफर्केको र यत्रतत्र खोजतलास गर्दा फेला नपरिरहेका बेला गत जेठ ३ गते तिब्बतको सिगात्से प्रहरी कार्यालयबाट निवर्तमान वडाअध्यक्ष पासाङ लामालाई टेलिफोन गरी हराइरहेका दुई युवालाई स्याबाट सिगात्से प्रहरीले नियन्त्रणमा लिएको र हाल सिगात्से प्रहरीमा रहेको जानकारी दिएका रहेछन्’, कर्मा छेतेनकी पत्नी ढोकर लामाले पेश गरेको निवेदनमा भनिएको छ, ‘त्यसैले यथाशीघ्र हराइरहेका व्यक्तिहरुको खोजी गरिदिनु हुन विनम्र निवेदन गर्दछु।’

अहिले हराइरहेका दुई युवाको परिवारमा रुवावासी छ। ती दुई युवालाई गत वैशाख १७ गते तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याहबाट पक्राउ गरेको स्थानीयवासीको भनाइ छ। उनीहरू पक्राउ पर्नुको कारण खुलेको छैन। 

 


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.