शैक्षिक सामग्री वितरण
साउदी : काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले १३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। आर्थिक रुपमा कमजोर तथा जेहनदार विद्यार्थीहरुलाई मध्यनजर गदै जिल्लाका ९ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी ,डट्पेन,पेन्सिल लगायतका अन्य शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरेको हो।
समितिले महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिका गरी ३ वटा स्थानीय तहका जनउन्नति प्रावि, भगवती प्राथमिक विद्यालय,जन सन्देश प्राथमिक विद्यालय, ज्ञानकुन्ज आधारभूत विद्यालय, रक्तआधारभूत विद्यालय खानिखोला-७, धार्तेज्योती मावि खानिखोला-१, छ त्रेपिपल प्रावि, इन्द्रावती प्रावि,भिमेश्वर माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।